इटहरी ।  पहिचानको सम्मान, सहिष्णुताको संबर्धन भन्ने नाराका  साथ इटहरीमा हुने  विवेकशील साझा पार्टीको प्रथम कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ ।

 सुनसरीको इटहरीमा भोली शनिवार आयोजना गरिने विवेकशिल साझा पार्टीको प्रथम कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको जानकारी गराइएको हो । प्रदेश अधिवेशनका लागि विभिन्न समिति तथा उपसमितिहरुले काम गरेको र तयारी पुरा भएको मिडिया व्यवस्थापन समितिका संयोजक चिरञ्जीवी रेग्मीले जानकारी गराए । प्रदेशको नयाँ नेतृत्व चयन सहित प्रादेशिक रणनीति अधिवेशनले तय गर्ने अधिवेशन आयोजक समितिका संयोजक सुदन श्रेष्ठले वताए ।

उनले गत माघ महिनामा विवेकशील साझा पार्टीको संघीय अधिवेशन सम्पन्न भएपछि प्रादेशिक अधिवेशन समेत गर्न थालेको छ । यस अघि बागमती प्रदेशको अधिवेशन सम्पन्न भई सकेको छ भने भोली शनिवार इटहरीको दुर्गाा पाटी प्यालेसमा कोशी प्रदेशको प्रथम अधिवेशन सम्पन्न गर्ने गरी तयारी गरिएको छ ।