मोरङ । संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेद्वार डा. सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन् ।

संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फका उम्मेद्वार डाक्टर शर्माले पथरीशनिश्चरे, कानेपोखरी लगायतका क्षेत्रमा चुनावी घरदैलो र कोणसभा अभियानलाई तिव्रता दिएका हुन्। IMG-20221108-WA0005

निर्वाचन अभियानका क्रममा आयोजित कोणसभालाई संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाई  योगदान गर्नका लागि मात्रै उम्मेद्वार भएको र सांसद भएपछि पनि आफुले लिने भन्दा पनि यो समाज र राष्ट्रलाई के बढी दिन सकिन्छ भन्ने अभिप्रायले आफ्नो ध्यान केन्द्रित गरेको बताएका छन् ।IMG_20221110_152749

भ्रष्ट्राचार गर्नु वा घुस खानु आफ्ना लागि आमाको रगत खाएसमान हुने भन्दै डा. शर्माले राज्यकोषबाट कुनै तलब सुविधा लिएर काम नगर्ने घोषण गरेका छन् । यस अघिका निर्वाचित धेरै जनप्रतिनिधिहरूले घुस खाने र भष्ट्राचार गर्ने प्रवृत्ति देखिएकाले आमजनताको चाहाना पुरा हुन नसकेको शर्माको भनाइ थियो । 

  म प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिएर ,केवल जनताको सेवा र विकास निमार्णमा ध्यान दिनेछु भन्दै डा. शर्माले अगाडि यो निर्वाचन भ्रष्ट्राचार गर्ने र नगर्नेहरु बिचको लडाई हो । अब सर्वभौम जनताले कसलाई सांसद बनाउने हो  फैसला गर्नुपर्छ । आज देशले भोगिरहेका अधिकांश समस्याको मुल कारण भ्रष्ट्राचार भएको भन्दै भ्रष्ट्र राजनीतिक नेतृत्वलाई पराजित गर्न पनि शर्माले सवैलाइ अनुरोध गरेका छन्।IMG_20221110_152659

यहाँ जनता रोग र भोकले छट्पाइ रहेका बेला पनि कमिसन खानेहरु छन् । तिनैले देश बर्बाद पारेका हुन् । अब जनताले फैसला गर्ने बेला आएको छ । जनता सवैभन्दा ठुला न्यायधिश भएकाले अब जनताले भष्ट्रहरुलाई चोट दिएर आफुलाइ भोट गर्नुपर्ने शर्माको भनाइ थियो ।IMG_20221110_152725