रामधुनी : सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित जनप्रतिनिधिले पदभार सम्हालेका छन् । वडामा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित पश्चात् पदभार ग्रहण गर्दै वडा अध्यक्ष महेश कुमार चौधरीले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्दै समृद्धि वडा बनाउने बताए ।
शुक्रबार दोस्रो कार्यकालको पदभार समाल्दै अशिक्षा र गरिबीका कारण विकास नहुने भएकाले त्यस्ता नागरिकको आवश्यकतालाई मध्यनजर गरेर अघि बढ्ने बताए । रामधुनी १ नम्बरमा बहु सङ्ख्यामा बसोबास गर्ने भएकाले थारू समुदायको पौराणिक ऐतिहासिक सम्पदा ग्राम थान अरुको संरक्षण अघिल्लो कार्यकालमा पुरा गर्न नसकेकाले अब आफ्नो नेतृत्वको बडाका जनप्रतिनिधिले गर्ने उनको भनाई छ ।
उनले आम जनताले नगरपालिकालाई हेर्ने दृष्टिकोण राम्रो नभएकाले आफूले पनि एक रुपैयाँ कानुन विपरीत नगर्ने र कर्मचारीलाई पनि नगर्न आग्रह गरे ।
वडालाई पारदर्शी, अनुशासित बनाउने, व्यवस्थित ढंगबाट अघि बढाउन सबै एकजुट हुनलाई उनले आग्रह गरे । त्यस्तै, चौधरीले वडामा रहेका महिला, बालबालिका, गरिबी, अपांगता भएका व्यक्ति लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने उहाले बताउनुभयो ।




















