रामधुनी : वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका रामधुनीका  जनप्रतिनिधीको सपथ ग्रहण ग्रहण गरेका छन् ।  

रामधुनीका निर्वाचित प्रमुख शंकरलाल चौधरी , उपप्रमुख तारा थापा लगायत वडा अध्यक्ष र वडासदस्यहरुले सुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश कैलाश सुवेदीले नवनिर्वाचित प्रमुख पदका संकरलाल चौधरी लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन भने नगरप्रमुख चौधरीले उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यहरुलाई उहाँले सपत ग्रहण गराउनु भयो ।


निर्वाचन कार्यालय रामधुनीले जनप्रतिनिधिहरुलाई प्रमाण पत्र हस्तान्तरण पछि रामधुनी नगरपालिकाले सुक्रवार कार्यक्रम समारोह आयोजनागरी सपत ग्रहण गराएका हुन ।


नगरमा निर्बाचित भएका सम्पुर्ण जनप्रतिनिधीले  पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रबारदेखि नै पदभार ग्रहण गरेका छन ।

FB_IMG_1653052497138