रामधुनी  : सुनसरीको रामधुनी नगरपालिकाको वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका युबा नेता भोला बाँस्तोला  विजयी भएका छन् ।


नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका खेमराज पौडेललाई ८२४ मतले पछि पार्दै नेपाली कांग्रेसमा उम्मेदवार बाँस्तोला विजयी बनेका हुन् । 

लेखनाथले १ हजार ९१३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी खेमराज पौडेलले १ हजार ८९ मत पाएका छन् ।


वडामा बाँस्तोलाको प्यानलमा एक खुल्ला सदस्य नेकपा एमालेका सौजन तामाङ्ग विजयी बनेका छन् भने बाँकी ४ जना नेपाली कांग्रेसका छन् ।


वडा नम्बर ५ को महिला सदस्यमा सीता ढुँगेल फुयालले १ हजार ६८८ र दलित महिला सदस्यमा मनोदेवी सरदारले १ हजार ५८२ मत ल्याउँदै विजय हासिल गरेका छन् ।

यसैगरी खुल्ला सदस्यमा नेपाली कांग्रेसकै अजित श्रेष्ठले १ हजार ४ सय मत पाएर बिजयी बनेका छन् । उता नेकपा एमालेबाट वडा सदस्यमा विजयी बनेका सौजन तामाङ्गले १ हजार ४०१ मत ल्याएका छन् ।