रामधुनी , नेपाली काङ्ग्रेस रामधुनी वडा नम्बर ३ को पार्टी कार्यालय  आज एक औपचारिक कार्यक्रमका साथ उद्घाटन गरेका छ ।
नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो  पार्टी कार्यालयको स्थापना गरी नेपाली काँग्रेस जिल्ला कार्य समिति  सुनसरीका अध्यक्ष केदार भण्डारीको प्रमुख अतिथि मा उद्घाटन गरिएको हो ।  

नेपाली काँग्रेस पाटीलाई बलियो तथा सुदृढीकरण गर्ने उद्देश्यका साथ रामधुनी  नगरपालिकाको प्रत्येक वडा–वडामा नेपाली काँग्रेसको पार्टी कार्यालय स्थापना गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसका सक्रिय नेता तथा कार्यकर्ताको पहलमा वडामा पार्टी कार्यालय स्थापन गरिएको नेपाली काँग्रेस रामधुनी नगर समितिका सभापति सुदिप अधिकारीले बताए ।  नजिकै आएको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसलाई वडा स्तर देखि नै बलियो र समृद्ध र सुदृढीकरण गर्न सक्रिय रूपमा लाग्न समेत अधिकारीले आग्रह गर्नुभयो  ।

 कोभिड सुरक्षा सहित अपनाई औपचारिक कार्यक्रमका साथ उक्त वडा स्तरीय पार्टी कार्यालयको उद्घाटन गरिएको नेपाली काङ्ग्रेस रामधुनी वडा न घ का   सभापति गोपाल अधिकारीले  बताउनु भयो ।