रामधुनी ः नेपाल ट्रेड युनियन काँग्रेस रामधुनी  नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबारभएको अधिवेशनले अध्यक्षमा विनोद कोइरालालाई चयन हुनुभएको छ । अध्यक्ष कोइरालाको नेतृत्वमा १६ सदस्यीय  नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा शम्बु बस्नेत र नैहनी चौधरी , सचिवमा रुद्र प्रसाद नेपाल , सह-सचिवमा सञ्जीव दाहाल , कोषाध्यक्षमा प्रकाश चौधरी , सदस्यमा मञ्जुश्री मगर , इन्द्र सुब्बा , रजन ठाकुर , धीर नारायण साह, महेश कुमार खतिवडा ,दिपशिखा सापकोटा र अम्बिका काफ्ले  रहेका छन् । भने, सल्लाहकारमा जितेन्द्र कुमार साह, सुधीर कुमार चौधरी र विमल प्रसाद गुरागाईँ चयन हुनुभएको छ  । 

कार्यक्रम बोल्दै अध्यक्ष विनोद कोइरालाले नेपाल ट्रेड युनियन काँग्रेस रामधुनी विगतका दिनमा निस्कृर्य रहेपनी आफ्नो नेतृत्वमा रहेको कार्य समितिले श्रमिकहरुको हकहित संरक्षण, सङ्गठन र सम्वद्र्धृन गर्नका लागि सङ्गठनात्मक आधारलाई संस्थागत रूपमा लान अपरिहार्य भुमिका खेल्ने बताउनुभयो ।

अधिवेशनमा नेपाली काङ्ग्रेस रामधुनी नगर कार्यसमितिका सभापति सुदीप अधिकारीले ट्रेड युनियन भित्र रहेका सबै निकायको यथाशिघ्र कार्य समिती चयन गरेर पार्टीको नम्स भित्र रहेर पार्टीको हकहितको लागि काम गर्न  निर्देशन भन्ने दिनु भएको छ  । उहाँले पदीय जिम्मेवारी धारणा गरेका व्यक्तिले कुशल र जुझारु रूपमा नेतृत्व गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।  

नेपाल ट्रेड  युनियन जिल्ला सुनसरी कर्यसमितीका सह-सचिव मातृका प्रसाद भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय  उपमहासचिव ज्योति कोइरालाको प्रमुख आतिथ्यता रहेको  थियो  ।