सुनसरी ः नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सुनसरीको ७ औँ जिल्ला अधिवेशन आगामि पुष २३ र २४ गते हुने भएको छ । विहिबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले इनरुवा नगरपालिका वडा नम्बर १ मा रहेको जेल फिल्डमा जिल्ला अधिवेशन गर्ने जानकारी दिएको हो ।
पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाट गर्ने एमालेले जानकारी दिएको छ । जिल्ला अधिवेशनबाट २ हजार अधिवेशन प्रतिनिधिहरुले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव सहित १३५ सदस्य जिल्ला कमिटि चयन गर्ने छन् । जसमा एक तिहाई महिलाको प्रतिनिधित्व हुने छ भने समावेशीताको सिद्धान्तलाई अंगिकार गर्दै दलित, आदिवासी जनजाति, मधेसी, मुस्लीम, थारु र अल्पसंख्यक जातिहरुको समेत प्रतिनिधित्व सुनिश्चित गरिने एमालेले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
अधिवेशनमा कुल २० लाख खर्च हुने एमालेको अनुमान छ । जिल्ला अधिवेशनलाई लक्षित गरेर ९ वटा उपसमिति समेत निर्माण गरिएको जिल्ला कमिटि सह-सचिव लोकेश निरौलाले जानकारी दिनुभयो ।
एमालेले भूगोलसँगै पार्टीका विभिन्न सक्रिय जनसंगठनका प्रतिनिनिहरुलाई समते अधिवेशनमा प्रतिनिधित्व गराउने जानकरी दिएको छ । विभिन्न दल परित्याग गरिआउने, समानान्तर कमिटि गठन गर्ने र जनसंगठनका प्रतिनिधिहरुको पनि प्रतिनिधित्व सुनिश्चित गर्दा प्रतिनिधिसंख्या बढी भएको जानकारी दिनुभयो ।




















