रामधुनी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोईरालालाई सुनसरीमा नेता कार्यकर्ताहरुले भब्य स्वागत गरेका छन् । नेपाली काँग्रेस १४ औं महाधिवेशनअन्तर्गत प्रदेश १ अन्तर्गतबाट केन्द्रीय सदस्यमा बिजयी भएका प्रदेश नम्बर १ का संसदीय दलका नेतासमेत रहेका कोईरालालाई स्वागत गर्न हजारौं काँग्रेसीहरुको सहभागीता रहेको थियो ।
समर्थकहरुले बिभिँन नारा लगाउर्दै स्बागत गरेका थिए । काठमाडौंबाट शनिबारको काँग्रेस केन्द्रीय समितिको बैठक सकेर तलकै बाटो सुनसरी हिँडेका कोईरालालाई सप्तरीको भारदह पुल पारी पुगेपछि समर्थकहरुले नाराबाजी सहित स्बागत गरेका हुन ।
सुनसरी क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य कोईरालालाई प्रदेश १ को सभापतिको उम्मेद्वारीबाट बञ्चित गराएपछि रुष्ट रहेका सुनसरी काँग्रेसका नेता कार्यकर्ताले डा शेखर कोईरालाको समूहबाट केन्द्रीय सदस्यमा समूहमा पारेर बिजयी भएपछि खुसीयालीस्वरुपा नाराबाजी गरेका हुन् ।
बाजागाजासहित आएका सुनसरी जिल्ला सभापति केदार भण्डारी, प्रदेश नम्बर १ काँग्रेस महामन्त्री उमेश थापा, क्षेत्री नम्बर १ का सभापति सुजेन्द्र तामाङ, प्रदेश साँसद ज्योती सुब्बा, तरुण दलका अध्यक्ष सिजन गुरुङ, क्षेत्र नम्बर ४ का नेता जमिल अख्तर सुनसरी काठमाडौं सम्पर्क समिति सभापति बाबुराम आचार्य र बिभिन्न नगरका मेयर उपमेयर नगर सभापति लगायत हजारौं नेता कर्याकर्ताले कोशी पुलमा माननीय राजीव कोईरालालाई स्वागत गरेका थिए ।
केन्द्रीय सदस्यमा बिजयी भएका कोईराला सुनसरीमामात्र नभएर प्रदेश नम्बर १ मा नै लोकप्रीय नेता मानिन्थे, अहिले केन्द्रीय सदस्यमा बिजयी भएपछि देशभर नै लोकप्रीय भएको पुष्टी भएको छ । राजीव कोईरालाको अलवा ज्ञानेन्द्र बहादुर कार्की, राजीव ढुंगाना, कल्पना चौधरीले सुनसरीबाट केनद्य्रीय सदस्यमा बिजय हाँशिल गरेका छन् ।



















