काठमाडाैं ।  नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत समावेशी दलिततर्फको केन्द्रीय सदस्यमा नौ जना निर्वाचित भएका छन् । प्रकाश स्नेही, नृपबहादुर वड, मानबहादुर नेपाली, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी खुलातर्फबाट निर्वाचित भए । 

महिलातर्फ सुजाता परियार, शान्ति परियार विक, लक्ष्मी परियार र रूपा विश्वकर्मा निर्वाचित भए । खुलातर्फ स्नेहीबाहेक सबै निर्वाचितहरू पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् ।