काठमाण्डौं । नेपाली काँग्रेसको १४ औं अधिवशेनबाट नयाँ नेतृत्व चयनका लागि नेताहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।
यसै क्रममा खस आर्यको तर्फबाट केन्द्रिय सदस्यमा चिरन्जीवि थापाले उम्मेदवारी दर्ता गरेका छन् । थापालाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाका साथै सभापतिका अर्का प्रत्यशी शेखर कोइराला प्यानलको समेत समर्थन रहेको बताईएको छ थापाको प्रस्तावकमा प्रदेश १ का सहमन्त्री साथै उर्लावारी नगरपालिकाका मेयर खड्ग फागु रहेका छन भने समर्थकमा रामप्रसाद पोखरेल छन् । पोखरेल युवा नेता हुन् । खस आर्यका उम्मेदवार थापाले समग्र युवापुस्ता र पुरानो पुस्ताको साथ आफुलाई रहेको बताए । समक्ष नेतृत्वका लागि नयाँ पुस्ताले साथ थापाको आग्रह छ ।
विपीको विचार र निष्ठालाई आत्मसाथ गर्दैै समयनुकुल परिमार्जित काँग्रेस निर्माणका लागि आफनो साथ थापालाई रहेको प्रदेश १ का सहमहामन्त्री एवं उर्लावारी नगरपालिकाका मेयर फागुले बताए । विसंघबाट राजनीति सुरु गरेका थापाले लामो समय जनसम्पर्क समितिको नेतृत्व गरिसेका छन् । को हुन चिरन्जिबि
नेपाली काग्रेसको १४ महाधिवेशनमा मोरङ उर्लाबारीका चिरञ्जीवी थापाले (खस आर्य) कोटाबाट उम्मेदवारी दिएका छ्न ।
गैरआवसीय नेपाली संघ(NRNA)जापानका पूर्व उपाध्यक्ष समेत रहेका उर्लावारी-२ निवासी चिरञ्जिवी थापाले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रिय सद्स्य पदका लागि उम्मेदवारी दिएका हुन ।
लघुवित्त,वित्तीय,सौर्य ऊर्जा,कृषि क्षेत्रका लगानीकर्ता एवं व्यवसायी समेत रहेका थापाले सिंगो मोरङ क्षेत्र नम्बर १ को विकासका सक्रिय हुने उद्घोषका साथ कांग्रेसमा अब्बल नेतृत्व चयनका लागि उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।
हालसम्म कांग्रेसको कुनै पनि लाभको पदमा नरहेका थापा यसअघिका दुई महाधिवेशनमा उनी जापानाबाट महासमिति सदस्य थिए ।
थापा ऊर्जा,कृषि,वित्त क्षेत्रका ठूला लगानीकर्ता समेत रहेका थापा पूर्व क्षेत्रमा नाम चलेका र स्थापित गैरआवसीय नेपाली(NRNA)हुन् ।
सामाजिक कार्यहरुमा सरसहयोग दिने अग्रपंतिमा आउने नाम हो चिरञ्जिवी थापा । उर्लावारीमा २०३५ सालमा जन्मिएका थापा २०४६ सालको पञ्चायतविरुद्धको जनआन्दोलनमा सक्रिय भएर लागेका थिए ।
११ वर्षको उमेरदेखि कांग्रेसको झन्डा बोक्दै उनले प्रजातन्त्र र गणतन्त्रका लागि राज्य पक्षबाट डन्डा खाएका व्यक्ति हुन् । २०४६ सालको जनआन्दोलनमा उनले पञ्चायती शासन विरुद्ध आन्दोलन गर्दा प्रहरीको डन्डा खाए भने २०६२/६३को जनआन्दोलनको क्रममा जापानास्थित नेपाली राजदूतावासमा घेराउको नेतृत्वकर्ता गरेका थिए ।
२०४८ सालमा उनी नेविसंघ सुनपकुवा माविमा इकास समितिको सचिव भएर काम गरेका थिए । नेविसंघबाट कांग्रेस राजनीतिमा सक्रिय उनी २०५२ सालमा उर्लावारी बहुमुखी क्याम्पस इकाइ समितिको सदस्य भएका थिए । नेविसंघको सातौं महाधिवेशन प्रतिनिधि समेत रहेका चिरञ्जिवी थापाले २०६२/६३को जनआन्दोलनमा प्रजातान्त्रिक समूहको नेतृत्व गरेका थिए ।
नेपाली कांग्रेस जापान नेपाल जन सम्पर्क समितिका पूर्व अध्यक्ष समेत रहेका थापा यस पटक मोरङ क्षेत्र नम्बर १बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन ।
हालसम्म कुनै पनि पक्ष/विपक्षमा ननलागेका थापा कांग्रेसभित्र सबैले रुचाइएको व्यक्तिको रुपमा चिनिन्छन् । उनी कांग्रेसमा स्थानीयदेखि केन्द्रीयस्तरका सबै तहका नेताहरुसँग राम्रो सम्बन्ध विस्तार गर्ने क्षमतावान् नेता समेत हुन् ।
मोरङ क्षेत्र नम्बर १ मा लगानी भित्र्याउन सक्ने,ठूला प्रोजेक्टहरु ल्याउन सक्ने र विकासको गतिलाई टेवा दिन सक्ने क्षमताका युवा भएको कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।
थापालाई कांग्रेसका क्षेत्रीय नेताहरुले समेत रुचाइएका व्यक्ती हुन् । सबैसँग राम्रो सम्बन्ध बनाएका उनीलाई कांग्रेस मोरङ क्षेत्र नम्बर १ का नेताहरुको जोडबलमा केन्द्रिय सदस्यमा उम्मेदवारी बनाईएको हो । सबै पक्षको राम्रो सहयोग पाएका थापालाई केन्द्रिय सदस्यमा जिताउनुपर्ने कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले बताउँदै आएका छन् ।



















