काठमाण्डाै । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको सामाजिक सञ्जालद्वय ट्विटर र फेसबुकमा कुनैपनि अकाउन्ट नभएको जनाइएकाे छ । पूर्वराजाको संवाद सचिवालयले बिहीबार एक सूचना जारी गर्दै ज्ञानेन्द्र र हिमानीले ट्विटर र फेसबुकमा आफ्नो खाता सञ्चालन नगरेको जनाएको हो ।
राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनीहरूले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा जनाइएको छ ।
सचिवालयले निराधार, कपोल्पित भ्रमजालबाट मुक्त रहन आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध गरेको छ । ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।



















