मोरङ । नेपाली काग्रेसको १४ औ महाधिवेसन अन्र्तगत प्रदेश-१ अधिवेसन बाट सह-महामन्त्रि पदमा सर्वाधिक मत ल्याएर विजयी बनेका खड्ग फागोका सर्मथक र प्रस्तावक सामान्य परिवारका रहेका छन् ।

नेपालको राजनितिमा कुनै पनि पदमा उम्मेद्वार बनेका प्रतिष्र्धीहरुले आफ्ना सर्मथक र प्रस्तावक राख्ने क्रममा नाम र प्रभावशालि ब्याक्तिहरुलाई अगाडी बडाउने गरेको पाइन्छ ।

तर फागोले भने सामान्य जिवनयापन गरिरहेको व्याक्तिहरुलाई सर्मथक र प्रस्तावक बनाएर चुनावी मैदानमा होमिएका थिए ।

सैद्धान्तिक र वैचारिक रुपमा स्पष्ट अडान, कुशल, निडर, कार्यकर्ताको दुःखका सारथी फागो अग्रजहरुको क्षमता र अनुभवलाई सम्मान गर्दै अघि बढ्ने युवा नेतृत्वको रुपमा चिनिन्छन् ।

उनले, आफ्नो अडान र परिचयलाई प्रदेश अभिवेसनमा पनि प्रष्ट रुपमा दर्शाएको पाइयो । राजनितिक यात्रामा कुनै पनि पदमा उम्मेद्वार बन्दै गर्दा उम्मेद्वारको सर्मथक र प्रस्ताव को छ भन्ने कुराले पनि उसको राजनैतिक चित्र कोर्ने गर्दछ । 

जितहासील गर्नैका लागि उम्मेद्वारहरुले अन्य उम्मेद्वारलाई प्रभाव छाडन्का ठुलाघरानाका केही प्रभावशालि नेता तथा कार्यकर्तालाई समर्थक र प्रस्तावकका रुपमा राख्ने र तामझामका साथ सार्वजनिक गर्ने पनि गरेको पाइन्छ, तर फागोले आफ्नो छवि र मर्यादालाई कायम राख्दै सालिनता र भद्रताको साख कायम गरेका छन् ।

सह-महामन्त्रि पदमा नेपाली काग्रेसको तेस्रो धार मानिएका नेता कृष्ण सिटौला पक्षबाट उम्मेद्वार बनेका फागोले नेपाली कांग्रेसमा लामो समय देखी कटीबद्ध सामान्य परिवारका कांग्रेस कार्यकर्तालाई प्रस्तावक र सर्मथक बनाएर पदाधिकारी पदमा सर्वाधिक मतका साथ विजयी हासिल गरेका छन् ।

फागोका प्रस्तावक सुनवर्षी नगरपालिका-२ का समान्य कृषक परिवारका चन्द्र प्रसाद राजवंशी र सर्मथकमा कानेपाखरी-२ का पुराना कांग्रेस कार्यकर्ता श्री मान थापा रहेका छन् । उनिहरु दुवै राजनैतिक अहोदामा प्रदेश प्रतिनिधि हुन् ।

फागोले विना कुनै तामझाम सामान्य रुपमै नेपाली कांग्रेसका सुकिलामुकिलाहरुको साथ र सहयोग विना पनि सामान्य परिवार र निष्ठावान कार्यकर्ताको साथ र सहयोगले सर्वाधिक मत ल्याएर विजयी हासिल गरेका छन् 

तेस्रो धारबाट उम्मेद्वार बनेका फागोले १ हजार ७ सय ५२ मतमा १ हजार २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दीले ५० प्रतिशत भन्दा कम मत प्राप्त गरेका थिए ।

तेस्रो धारबाटै निर्वाचित भएका अर्का सह-महामन्त्रिले ७ सय ४७ र कोइराला-पौडेल समुहबाट उम्मेद्वार बनेका रोहित कुमार साह र बीरकाजी राईले ६ सय ६५ र ६ सय ४६ मत पाएका थिए भने शुभचन्द्र राईले ८४ मत प्राप्त गरेका थिए ।