मोरङ । नेपाली कांग्रेस प्रदेश नं. १ को सदस्यमा अर्जुन तुम्रोक निर्वाचित भएका छन् । आदिबासी जनजाति कोटाबाट सर्वाधिक दोस्रो मत ल्याएर तुम्रोक विजयी भएका हुन् ।
तुम्रोकले सर्वाधिक ८ सय १७ मत ल्याए भने उनि सगै विजयी हुने पहिलो हुकुसिह राईले ८ सय ८३ मत तेस्रो हुने इन्द्र केदेमले ७ सय ६३ मत, चौथो हुने सुरज राईले ७ सय २९ मत, पाचौ हुने भूमिराज राईले ७ सय १ मत छौटौ हुने गोविन्द लिम्वुले ६ सय ८२ मत, सातौ हुने ज्योति कुमार राईले ६ सय ५२ मत र आठौ हुने पूणर् कुमार तुम्वापोले ६ सय ४८ मत प्राप्त गरेका छन् । सर्वाधिक दोस्रो मत ल्याई विजयी हुने तुम्रोक उर्लाबारी वडा नं. ३ निवासी नेपाली काग्रेसका युवा नेता हुन् ।



















