मोरङ । नेपाली काग्रेसको १४ औ महाधिवेसन अन्र्तगत प्रदेश-१ अधिवेसन बाट सह-महामन्त्रि पदमा खड्ग फागो सर्बाधिक मतका साथ विजयी भएपछि कांग्रेस जनमा खुसीयाली छाएको छ ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्वर- १ को २ कार्यकाल सभापति भएर संगठन हाकिसकेका फागोले संघिय स्वरुप अनुसार अर्को कार्यकालका लागि पुनः क्षेत्रिय सभापतिमै उठ्ने घोषणा गरेका थिए । तर अन्तीम समयमा आएर उनले सभापति पदमा नोमिनेसन नगरेपछि काग्रेस जनको मुहारमा मलिनता छाएको थियो । 

नेपाली कांग्रेसको राजनितिमा भ्रष्टाचार विरोधी, निडर र हक्की स्वाभावका नेताको छवि बनाएका फागोले कांग्रेस कार्यकर्ताको माग अनुसार जिल्ला सभापतिमा उठ्ने जमर्को गरेका थिए । तर त्यहाँ बाट पनि उनि ब्याक भएपछि मोरङ कांग्रेसका धेरै कार्यकर्ताको मुहारको कान्ति फुङ्ङ बनेको थियो ।

नेपाली कांग्रेसको राजनितिमा काँग्रेसको वडा सह-सचिव हुँदै २०४९ सालदेखि राजनीतिमा होमिएका फागोको २९ वर्षे राजनैतिक यात्रामा पहिलो पटक केही अविचल आउदा कांग्रेसजन निरासा छाउदै गएको थियो । भने फागो विरोधी अभियान चलाउने केही समुहको प्रभाव झनै बढ्दै जाने देखिएको थियो ।

तर राजतिनिती र कुटनितिमा निकै चलाख खेलाडी मानिने फागोेले क्षेत्र र जिल्ला सभापतिबाट ब्याक हुदै प्रदेश अधिवेसनमा छलाङ मारेपछि भने कांग्रेस जनको मुहारमा कान्ति छाएको छ ।

नेपालमा संघिय व्यावस्था लागु भएको ६ वर्ष पछि नेपाली कांग्रेस पार्टीको पहिलो संघिय स्वरुपको निर्वाचनमा ऐतिहासिक जित हात पारेर फागाले आफ्नो राजनैतिक क्षेत्र फराकिलो बनाएका छन् । क्षेत्र र जिल्लामा राम्रो प्रभाव पर्ने नेताको रुपमा रहेका फागोको प्रतक्ष्य प्रभाव अव प्रदेश-१ भरिनै पुग्ने भएको छ । उनको यो राजनैतिक फड्को लाई यतिबेला नेपाली कांग्रेस मोरङ, प्रदेश-१ र केन्द्रमा पनि चर्चाको विषय बनाइएको छ ।

पहिलो पटक सम्पन्न् कांग्रेसको संघिय स्वरुपको निर्वाचनमा सहभागि भएका फागोले नेपाली राजनितिमा अब्बल मानिएका केन्द्रिय नेताहरुको भन्दा बढी मत ल्याएर विजयी हासिल गरेपछि उनको चर्चा झनै चुलिएको हो ।

नेपाली काँग्रेसको राजनितिमा २०४९ सालदेखी वडा सह-सचिव हुँदै राजनीतिमा होमिएका फागोले तरुण दलको वडा सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय संयोजक, पार्टीको क्षेत्रीय कार्यसम्पादन सचिव हुँदै क्षेत्रीय सभापति सम्मको यात्रा तय गरिसकेका छन् ।

राजनीति शास्त्रमा स्नातक (BA) र ग्रामीण विकासमा स्नातकोत्तर (MA) अध्ययन गरेका फागोले २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा सर्वाधिक मत ल्याएर उर्लाबारी नगरपालिकाका मेयरमा निर्वाचित भएका लोकप्रिय नेता हुन् । 

दुई कार्यकाल सर्वसम्मत क्षेत्रीय सभापति हुँदै गर्दा उनले क्षेत्रमा सफल संगठन निर्माणमा योगदान गरेका छन् । सैद्धान्तिक र वैचारिक रुपमा स्पष्ट अडान, कुशल, निडर, कार्यकर्ताको दुःखका सारथी फागो अग्रजहरुको क्षमता र अनुभवलाई आत्मसात गर्दै अघि बढेका युवा नेतृत्व हुन् । 

उनको यो अडान प्रदेश अभिवेसनमा पनि प्रष्ट देखियो । राजनितिक यात्रामा कुनै पनि पदमा उम्मेद्वार बन्दै गर्दा उम्मेद्वारको सर्मथक र प्रस्ताव को छ भन्ने कुराले पनि उसको राजनैतिक चित्र कोर्ने गर्दछ । 

जितहासील गर्नैका लागि भनौ या अन्य उम्मेद्वारलाई प्रभाव छाडन्का लागि केही उम्मेद्वारहरुले प्रभावशालि नेता तथा कार्यकर्तालाई समर्थक र प्रस्तावकका रुपमा राख्ने र सार्वजनिक गर्ने पनि गरेको पाइन्छ, तर फागोले आफ्नो छवि र मर्यादालाई कायम राख्दै सालिनता र भद्रताको साख कायम गरेका छन् ।

सह-महामन्त्रि पदमा उनि नेपाली काग्रेसको तेस्रो धार मानिएका नेता कृष्ण सिटौला पक्षबाट उम्मेद्वार बनेका फागोका प्रस्तावक सुनवर्षी नगरपालिका-२ का चन्द्र प्रसाद राजवंशी र सर्मथकमा कानेपाखरी-२ का श्री मान थापा रहेका थिए । उनिहरु दुवै राजनैतिक अहोदामा प्रदेश प्रतिनिधि हुन् ।

राजनितिमा केही व्याक्ति भनौ या उम्मेद्वार बनिरहदा ठुलाघरानाको आर्शिवादबाट चल्ने गरेको पाइन्छ । तर फागोले भने नेपाली कांगे्रसको तेस्रो धार मानिने सिटौला पक्षबाट उम्मेद्वार बनेता पनि उनको प्रस्तावक र सर्मथक राजनैतिक हिसावमा  सन्तुलित भएको देखिन्छ ।

राष्ट्र र पार्टी सिद्धान्तप्रति युवालाई प्रोत्साहन गर्ने, युवाहरुलाई नेतृत्व दिलाउँदै जाने लक्ष्य बोकेका फागोे विकासप्रेमी नेताको रुपमा परिचित छन् । स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, अनियमितता रोक्न फागोले निर्वाह गरेको भूमिकाको सर्वत्र प्रसंसा हुने गरेको छ 

मोरङ १ मा क्षेत्रीय सभापति हुँदा फागोको नेतृत्वमा भएका कार्यहरु अविश्मरणीय छन् । स्थानीय तहमा एमालेको लालकिल्लाका रुपमा रहेका उर्लाबारी, लेटाङ, केराबारीमा नेतृत्व काँग्रेसले जित हात पार्‍यो । 

फागोको पार्टीप्रतिको क्रियाशीलता, सक्षमता, सबलता र  नेतृत्वदायि भुमिका बाट प्रेरित भएर नै यो क्षेत्रमा उनको कार्यकालमा ४ हजार २ सय जनाभन्दा बढी काँग्रेस प्रवेश गरेका थिए ।

फागोले हालै सम्पन्न् प्रदेश अधिवेसनमा सह-महामन्त्रि पदमा कोइराला-पौडेल पक्षधरका उम्मेद्वार रोहित कुमार कार्की, वीरकाजी राई र शुभचन्द्र राईलाई पछि पार्दै विजयी बनेका हुन् ।

सह-महामन्त्रि पदमा उम्मेद्वार बनेका फागोले कोइराला-पौडेल पक्षधरका उम्मेद्वारलाई फराकिलो मतान्तरले पछि पार्दै विजयी हासील गरेका थिए । नेपाली काग्रेसको तेस्रो धारबाट उम्मेद्वार बनेका फागोले १ हजार ७ सय ५२ मतमा १ हजार २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दीले ५० प्रतिशत भन्दा कम मत प्राप्त गरेका थिए ।

तेस्रो धारबाटै निर्वाचित भएका अर्का सह-महामन्त्रिले ७ सय ४७ र कोइराला-पौडेल समुहबाट उम्मेद्वार बनेका रोहित कुमार साह र बीरकाजी राईले ६ सय ६५ र ६ सय ४६ मत पाएका थिए भने शुभचन्द्र राईले ८४ मत प्राप्त गरेका थिए । हालै समपन्न् प्रदेश महाधिवेसनमा नेपाली कांग्रेसको केन्द्रिय सदस्य बनिसकेका दर्विलो राजनैतिक पृष्ठभुमि भएका नेताहरु पराजित भैरहदा फागो सर्वाधिक मत ल्याएर विजयी हुनु उनको कुशल राजनैतिक कुटनिति क्षमता, पार्टी संगठन प्रतिको क्रियाशीलता, सक्षमता, सबलता र नेतृत्वदायि भुमिका नै मुख्य कारण रहेका छन् । 

पदाधिकारी तर्फ मात्र प्राप्त मत परिणमा 

सभापतिः

१.उद्दव थापा- ८४४

२.गुरुराज घिमिरे-८४२

उपसभापति ः

१.गोबिन्द प्रसाद ढुंगाना ( केदार )-७६५

२.टंक प्रसाद राई-८४७

३.रमेशजंग रायमाझी-८९०

४.बिश्वनाथ रिजाल ( त्रिलोचन )-६६९

महामन्त्री ः

१.उमेश थापा-८०३

२.दिपनकुमार श्रेष्ठ-७६४

३.पदम सुन्दर पालुङ्गवा- ८०७

४.भुपेन्द्र राई-८२४

सह-महामन्त्री ः

१.प्रमिला गछदार-८३७

२.सीता कार्की-७९३

सह-महामन्त्री ः

१.खड्ग फागो-१०२६

२.रोहित कुमार शाह-६६५

३.बिनोद कुमार बस्नेत-७४७

४.विरकाजी राई-६४७

५.शुभचन्द्र राई-८४