काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहका सम्वाद सचिव फणिराज पाठकले जनताको इच्छा र अकांक्षाका खातिर सर्लक्क राजदरवार छोडेका राजालाई एउटा पार्टीको चुनावका विषयमा जोडेर आक्षेप लगाईएको प्रति खेद प्रकट गर्नु भएको छ ।राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले ट्वीट गर्दै पराजयको दोस राजा ज्ञानेन्द्रमाथि थोपरेका थिए । उनले एकै दिनमा पटक पटक ट्वीट गर्दै निर्मल निवासका कारण आफ्नो पराजय भएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।
सोही विषयमा हाम्रो कालापानी सँगको संवादका क्रममा सचिव पाठकले असन्तुष्टी जनाउनु भएको हो । थापाको जवाफमा पाठकले भन्नु भएको छ, –‘राजाको चासो देश र जनता प्रति छ। कुनै पार्टी र त्यसका नेताप्रति राजाको कुनै चासो छैन र हस्तक्षेप पनि हुँदैन। अरु वेला राजाको गुणगान गाउँने अनि हारेपछि अनेक किसिमका आक्षेप लगाउन मिल्छ रु’ पाठकले थापालाई पश्न गर्नु भयो, के प्रजातन्त्रको मुल्य र मान्यता यहि हो रु पार्टीमा हार जीत स्वभाविक हो तर, त्यसमा राजाको नाम जोड्नु निन्दनीय छ ।
राप्रपाको राष्ट्रिय महाधिवेशन उद्घाटनका कार्यक्रममा मालेका अध्यक्ष सिपी मैनाली, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरुको अभिब्यक्ति प्रति संकेत गर्दै उहाँले त्यसवाट पनि राजाको आवश्यक्ताका विषयमा प्रष्ट भएको जिकिर गर्नु भयो । पार्टीको आन्तरिक प्रतिस्पर्धामा राजाले हस्तक्षेप गर्न सक्ने हो भने त ति दललाई राजाको आवश्यक्ता रहेछ भन्ने देखियो पाठकको धारण छ।’
अध्यक्षमा पराजित थापाले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्। उनले ट्वीटमै पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहलाई मेन्सन गर्दै राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो ।‘मैले राहत र उन्मुक्ति पाएको छु।
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले भनेका छन्, ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’ भनेका छन्, तर थापाले मेन्सन गरेको ट्वीटर ह्यान्डल पूर्वराजाको हो वा होईन भन्ने पुष्टी छैन। किनकी सचिव पाठकका अनुसार, राजाले कुनै सामाजीक संजाल चलाउनु भएको छैन ।,



















