काठमाण्डाै । विवेकेशील साझा पार्टी संयोजक मिलन पाण्डे समूहले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ ।अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्ने निर्णय गर्न दिउँसो २ बजे केन्द्रीय बैठक बोलाइएको हो ।
बिहीबार (हिजो) मिश्रले पाण्डेको सहमतिबिना केन्द्रीय कमिटीको बैठक राखेर संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव राखेका थिए । दुईतिहाइ मतले प्रस्ताव पारित गरेको थियो ।अध्यक्ष मिश्रले पार्टीभित्र सहमतिबिना निर्णय गरेपछि पाण्डे पक्ष रुष्ट छ ।



















