इटहरी । सुनसरी र धनकुटालाइ जाेडने संगम स्थल भेडेटारस्थित धामिक एवम पर्यटकिय स्थल पाथिभरा भगवती मन्दिरकाे प्रवेशद्वारकाे अाइतबार माननिय पुर्व मन्त्री रामकुमार सुब्बाद्वारा समुदघाटन गरिएकाे छ । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्व मन्त्री सुब्बाले प्रवेशद्वारकाे उदघाटन समाराेहलाइ सम्बाेधन गर्नुहुदै भेडेटारमा अवस्थित पाथिभारा भग्वति मन्दिरले धार्मिक एवम पर्यटकिय क्षेत्रमा निकै ठुलाे टेवा पूर्याएकाे बताउनुभयाे । 

उक्त प्रवेशद्वार स्वर्गिय अम्बर बहादुर मादेनकाे स्मृतिमा निर्माण गरिएकाे हाे । कार्यक्रममा स्थानीय स्तरका सामाजिक अगुवा , राजनीतिक दलका प्रतिनिधि , सुरक्षा निकायका प्रतिनिधि एवम पत्रकारहरकाे पनि उपस्थिति रहेकाे थियाे ।