रामधुनी/ नेपाली कांग्रेसको १४ औँ महाधविेशन अन्तर्गत रामधुनीमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागी मतदान सुरु भएको छ ।
बिहान १० बजे देखि सुरु भएको मतदानमा रामधुनीका ९ वडाबाट १९० जनाले मतदान गर्दै छन् ।
मतदान स्थल सुनसरी मोरङ सिचाइ आयोजनाको कार्यालय झुम्कामा भइरहेको मतदान कार्यक्रम अत्यन्तै सहज र उत्साहजनक वातावरणमा भइरहेको नेपाली काँग्रेस रामधुनी नगर सभापतिका उम्मेदवार सुदीप अधकिारीले बताए ।
रामधुनीमा सभापतिमा ३ जना र अन्य पदका लागी दुई प्यानलबाट उम्मेदवारी परेको छ । सभापतिको उम्मेदवारमा सुदीप अधिकारी सगेन चौधरी र दिल बहादुर राई को उम्मेदवारी परेको छ । उपसभापती २ जना निर्वाचति हुनुपर्नेमा अधिकारी प्यानलबाट उपसभापती आशा चौधरी र बल बाहादुर खड्का रहेका छन भने चौधरीको प्यानलबाट नारायण कोइराला र विजय चौधरी गरी ४ जनाको उम्मेदवारी परेको छ ।
सचिवमा २ जना निर्वाचित हुनुपर्नेमा अधिकारीको प्यानलबाट महेश कुमार चौधरी र देस्तिराम चौधरी रहेका छन् भने चौधरीको प्यानलबाट नगेन्द्र कुमार चौधरी र अशोक बहादुर भण्डारी गरी ४ जनाको उम्मेदवारी परेको छ ।
सहसचिवमा पनि २ जना निर्वाचित हुनुपर्नेमा अधिकारीको प्यानलबाट सह सचिव सुरेश माझी र सरल कटुवालको उम्मेदवार परेको छ भने र चौधरी प्यानलबाट भीष्मा काफ्ले पौडेल र विष्णु लिम्बुको उम्मेदवार परेको छ ।
बिहान १० बजे बाट सुरु भएको निर्वाचन केही समय पश्चात समापन हुने र मतगणना समेत आझै सुरु हने जानकारी आएको छ ।




















