मोरङ । बुधबार भएको वडा अधिवेशनबाट उर्लाबारी र मिक्लाजुङमा झण्डै ९० प्रतिशत क्षेत्रीय प्रतिनिधि क्षेत्रीय सभापति खड्ग फागो पक्षका विजयी भएका छन् ।
वडा नम्बर १ देखी ९ सम्म सवै वडामा सभापति फागो पक्षकै रहेको छ भने क्षेत्रिय प्रतिनिधिमा फागो पक्षको ९० प्रतिशत विजयी भएको दावि छ ।
यस्तै लेटाङमा क्षेत्रिय सभापति फागो पक्षको ५ वडामा राम्रो देखिएको छ भने केरावारी गाउपलिकामा ६ वटा वडामा सभापति फागोको कै वर्चश्व रहेको छ ।
उर्लाबारी र मिक्लाजुङमा ९० प्रतिशत क्षेत्रिय प्रतिनिधि फागो पक्षका निर्वाचित भएपनि लेटाङ र केरावारी गाउपालिकामा भने लगभग ७० प्रतिशत मात्र आफ्नो पक्षका प्रतिनिधिहरु रहेका छन् ।
नेपाली कांग्रेस उर्लाबारीको वडा अधिवेशनबाट उर्लाबारीमा नेपाली काग्रेसका हस्ती मानिएका नेताहरु क्षेत्रिय प्रतिनिधिमै पराजित बनेका छन् ।
बुधवार सम्पन्न नेपाली काग्रेसको १४ औ महाधिवेसनमा क्षेत्रिय प्रतिनिधिमा उम्मेद्वारी दिएका उर्लाबारीका नेपाली काग्रेसका हस्ती हरु मानिएका नेविसघ पूर्व केन्द्रिय सदस्य भिम थापा, नेविसघ पूर्व जिल्ला अध्यक्ष मुक्ति प्रकाश न्यौपाने, प्रदेश सभा सभापति प्रकाश थापा र मोरङ जिल्ला प्रचार विभाग सदस्य तथा वडा नम्वर ५ का वडाध्यक्ष भानु भक्त पराजुली शर्माले हार व्यहोरेका छन् ।
यस्तै उर्लाबारी नगरसभापतिमा उम्मेद्वारीको घोषणा गरिसकेका उर्लाबारी वडा नं. ८ का मुक्तिप्रकाश न्यौपाने वडाबाटै पराजित बनेपछि उनको नगरसभापतिको उम्मेद्वार बन्ने यात्रामा पूणर्विराम लागेको छ।
क्षेत्रीय प्रतिनिधिमा न्यौपाने पराजित भएसँग उनी अब सभापतिको उम्मेद्वार बन्न पाउने छैनन् । उनी नेपाल विद्यार्थी संघको मोरङ सभापतिसमेत भइसकेका छन् ।
त्यस्तै, नेविसघ पूर्व केन्द्रिय सदस्य भिम थापा पनि पनि वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित बन्न पुगेका छन् । उनी उर्लाबारी वडा नं. २ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए । सामाजिक संजाल फेसबुकमा बर्तमान प्रधानमन्त्रि शेरबहादुर देउवा र गृहमन्त्रि बालकृष्ण खाणको चर्चा गरेर नथाक्ने थापालाई कृयाशिल सदस्यहरुले पत्याएनन् ।
त्यस्तै, मोरङ क्षेत्र नं. १ क का सभापति प्रकाश थापा पनि क्षेत्रीय प्रतिनिधिमा वडाबाटै पराजित बन्न पुगेका छन् । उर्लाबारी वडा नं. ३ बाट उनी क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए । यस अघिका अधिवेसनमा वडा नम्वर ३ मा थापाका उम्मेद्वारहरुले विजयी हासील गर्दै आएको भएतापनि यस पटक भने उनि सहित उनका उम्मेद्वारहरुले नराम्रो सग पराजय भोग्नु पर्यो ।
थापाको समुह बाट वडाकार्यसमितिमा सभापति पदमा उम्मेद्वार बनेका चेतन कोइराला रोहीत कार्की सगको प्रतिष्पर्धामा निरिह सावित भए । सभापति पदमा कार्कीले १ सय ४० मत ल्याउदा कोइरालाले ४८ मत मात्र प्राप्त गरे ।
त्यस्तै, उर्लाबारी तरुण दलका पूर्व सभापति नारायण सिटौला पनि वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । अधिवेसन आउनु केही समय अगाडी देखी राजनितिमा निस्कृय रहेका सिटौलाले आफुले छोडेर गएको सभापति पद नछाडेको दावि गर्दै फिरन्ते शैलिमा प्रचार गर्दै आएका थिए । उनको त्यो शैलीलाई वडा नं. ४ का क्रियाशिल सदस्यहरुले अन्त्य गर्दिएका छन् ।
त्यस्तै, नेपाली काग्रेस मोरङ जिल्ला प्रचार विभाग सदस्य तथा उर्लाबारी वडा नं. ५ का वडाध्यक्ष एवम उर्लाबारी नगरपालिकाको प्रवक्ता भानुभक्त शर्मा पराजुली पनि क्षेत्रीय प्रतिनिधिमा वडाबाटै पराजित बनेका छन् ।
त्यस्तै, नेपाल तरुण दल मोरङका सचिब सचिन शाक्य पनि वडा नं. ६ मा आफु कमजोर देखिएपछि बहाना बनाउदै अधिवेशन बहिस्कारको घोषणा गरी क्षेत्रीय प्रतिनिधिमा उम्मेद्वारी नै नदिएको बजारमा चर्चा छ ।
यस्तै नेपाली काग्रेस उर्लाबारी नगर सभापति वीरवल थापा पनि आफ्नो वडामा कमजोर देखिएका छन् ।लामो समय नगर सभापति भएर कार्यभार सम्महाली थापाले पनि आफ्नो वडामा पकड राख्न सकेनन्
पार्टीको आन्तरिक राजनीतिमा प्रभावशाली मानिएका थापाले यस पटक क्षेत्रिय प्रतिनिधिमा तेस्रो स्थानको मत परिणाम ल्याएर आफ्नो स्थान सुरक्षित गरे ।
यसअघि आफ्नो वडामा उनैले समर्थन गरेको उम्मेदवारहरुको बर्चश्व रहने गरेको भएता यो पटकको चुनावमा थापा पकड कमजोर भएको हो ।
यो चुनावमा खड्ग फागो पक्ष र थापा-कार्की-अधिकारी पक्षको प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएको थियो । थापा-कार्की-अधिकारी पक्षमा प्रकाश थापा, सीता कार्की, विजय कार्की, वीरबल थापा,केशव कार्की,ललित अधिकारी, भानु पराजुली, भीम थापा, मुक्ती न्यौपाने, प्रकाश खड्गी,जयधर्म आचार्य, तेजकुमार लगायत कांग्रेसका पुराना हस्तीहरु छन् । फागो पक्षमा नयाँ क्रियाशिल, तरुण दल र नेविसंघका नेता/कार्यकर्ता छन् ।
बुधबार भएको वडा अधिवेशनबाट उर्लाबारी र मिक्लाजुङमा झण्डै ९० प्रतिशत क्षेत्रीय प्रतिनिधि क्षेत्रीय सभापति खड्ग फागो पक्षमा देखिए पनि वडा नम्वर ७ मा भने अन्य वडाका तुलानामा कम रहेको देखिएको छ ।
उर्लाबारीमा अधिकांश वडामा आफुनिकट उम्मेद्वारहरुले विजयी हासिल गरेपछि मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कुनै गुट वा समुहको जित नभएर समाजवाद, लोकतन्त्र र समाजवादमा आस्थावान काग्रेसीहरुको जित भएको प्रतिक्रिया दिएका छन् ।
जनता र पार्टी कार्यकर्ताहरुको हितमा काम गर्ने उम्मेद्वारहरुलाई क्रियाशिल सदस्यहरुले विजयी गराउनु भएको छ । वडा नम्वर ७ मा भने समय अभवाका कारण अन्य वडामा जस्तो परिणाम ल्याउन सकिएन २ दिनको समयमा गरिएको कसरत बाट सो वडामा वडा सभापति सहित राम्रै सङख्यामा प्रतिनिधि आएको उनले बताए ।
यस्तै मोरङको उत्तरी क्षेत्र लेटाङ नगरपालिकामा ५ वडामा राम्रो देखिएको छ भने केरावारी गाउपलिकामा ६ वटा वडामा सभापति फागोको कै वर्चश्व रहेको दावि छ ।



















