रामधुनी : नेपाली काँग्रेस रामधुनीका नेता सगेन चौधरीले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । रामधुनी ५ मा रहेको एक होटेलमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रम काँग्रेस नगर सभापतिका आरक्षी सगेन चौधरी सहित उनको प्यानलले उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाली काँग्रेस रामधुनी नगर सभापतिमा सगेन चौधरी उपसभापति नारायण कोइराला र विजय चौधरी सचिवमा नगेन्द्र कुमार चौधरी र अशोक बहादुर भण्डारी सह–सचिव भिष्मा काफ्ले पौडेल र विष्णु लिम्बुको उम्मेदवार घोषित भएका हुन ।
कोषाध्यक्षमा भने नगरबाट चुनिएर आएका मधेसी, मुस्लिम तथा थारु प्रतिनिधि मध्येबाट एक जनालाई मानोनित गरिने पत्रकार सम्मेलनमा चौधरी जानकारी दिनुभयो । काँग्रेसको निर्वाचन कार्यपालिका अनुसार नगरपालिका तहको चुनाव यही असोज ९ गते हुँदै छ ।



















