रामधुनी :  सुनसरीको रामधुनी नगर सभापतिमा उदयमान युवा नेता सुदीप अधिकारीले नगरमा काँग्रेसको गड भनेर चिलाउनका लागी आफुले उम्मेदवारी घोषणा गरेको बतएका छन्  । 

सञ्चारकर्मी सँग  कुरा गर्दै उहाँले हालको कार्यकालमा करोना भाइरस  लगायतका विभिन्न कारणले गर्दा सोचेको जस्तो काम गर्न नपाएकोले गर्दा पुन आफूले सभापतिको उम्मेदवारी घोषण गरेको बताउनु भयो ।  

242500305_10224757863587441_2156090372052661889_n

आफू नगर सभापति हुनुभन्दा पहिला साबिकका सबै गा बि सहरु  कम्युनिस्टको कब्जामा रहेको र आफ्नो एक कार्यकाल धेरै सुधार गरेको बताउनुभयो । विगत ३ वर्ष देखी महामारीको रूपमा फैलिएको कोरण भइसर का कारण  आफूले सोचे अनुरूप काम गर्न नसकेकाले आफू पुन उम्मेदवारी घोषण गरेको उहाले जानकारी दिनुभयो  । 

“अघिल्लो कार्यकालमा ६० प्रतिशत मात्र काम गर्न पाएको छु अब पुर्न : नगर सभापति बनी देश भरिका  ७ सय ५३ स्थानीय तह मध्य रामधुनीमा नमुना काँग्रेस बनाउने गरी काम गर्ने उहाँले सञ्चारकर्मीलाई जानकारी दिनुभयो  । ”

लामो समय देखी आफू पार्टीको सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको भासी गाउँ इकाई सभापति र एक कार्यकाल नेपाली काँग्रेसको नगर सभापति समेत चलाइ सकेको र पार्टीका तर्फबाट निरन्तर विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा प्रतिनिधित्व गर्दै राजनीतिमा सक्रिय रहँदै आएकोले पुन सभापतिको उम्मेदवारी दिएको बताउनु भयो । 

 यस बिचमा भातृ संस्था देखी सुवेच्छुक संस्थामा पनि समस्या देखिएको स्मरण गराउँदै उनले आफू निरन्तरको छलफल र वार्ताबाट सबैलाई चित्त बुझाएर पार्टीमा ठाउँ दिने पक्षमा रहेको बताए । मुख्यतः युवा जमातलाई मूलधारको राजनीतिमा ल्याउने र उचित जिम्मेवारीका साथ नेतृत्वमा पु¥याउने लक्ष्य रहेको अधिकारीले बताउनुभयो ।

Ramdhuni_congress3-750x375