काबुल । अफगानिस्तानको पन्जसिरमा तालिबानका लडाकुले घरबाट थुतेर एक युवकलाई गोली हानी हत्या गरेका छन् ।

अफगान सञ्चारमाध्यमका अनुसार तालिबानले आफूविरोधी नोर्दन अलायन्सका सदस्य भन्दै ती युवकलाई मारेका हुन् ।

उनका साथीले उनी त्यस्तो नभएको भन्दै परिचयपत्र देखाउँदा देखाउँदै पनि उनलाई घरबाट तानेर सडकमा ल्याई गोली हानिएको हो । एजेन्सी