काठमाडौं / सरकारले विवादमा मुछिएसँगै डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ । सोमबार स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रिस्तरिय निर्णयबाट विवादमा मुछिएका गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएको हो ।डा. गौतम जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएदेखि नै उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका तानिएका थिए ।



















