नेपाली वैज्ञानिकहरूको प्रस्ताव अनुसार सत्तारूढ दल नेकपा एमालेको नयाँ पार्टी कार्यालय बस्न लागेको थापाथलीमा रोबोटले प्रधानमन्त्रीलाई स्वागत गरेको छ।

कार्यालयमा आउने पाहुनालाई रोबोटद्वारा स्वागत गर्न सकिने नेपाली वैज्ञानिकको प्रस्ताव अनुसार आज थापाथलीमा रोबोट राखिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

मानिसले सोधेका केही प्रश्नको जवाफसमेत दिन सक्ने ‘परी’ नामको रोबोट बुधबार कार्यालयको गेटमा राखिएको थियो।