काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेसनका लागि २ सय ६४ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । हाल विद्यमान २ सय ६४ सदस्यिय केन्द्रीय समितिलाई महाधिवेसन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

यसअघि बसेको केन्द्रीय समिति वैठकले १० औं राष्ट्रिय महाधिवेसन ३ देखि ६ मंसिरमा गर्ने निर्णय लिएको थियो । 

पार्टीको असन्तुष्ट माधव नेपाल पक्षले भने केन्द्रीय समिति विस्तार नमान्ने बताउँदै आएको छ ।  बैठकले ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो ।

अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा राखिएको एजेण्डाबारे बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार पनि ओलीलाई दिएको छ ।