काठमाडौं / प्रतिनिधिसभाको बैठक आगामी चैत १० गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सम्बोधन गरेका थिए ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणबाट अनुपस्थित भएका सांसदको सूचना प्रस्तुत गरेका थिए । यस्तै प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेसका नेता एवम् पूर्व सांसद अशोक कोइरालाको ७१ वर्षको उमेरमा भएको निधनप्रति शोकप्रस्ताव पारित गरिएको छ ।



















