मोरङ । सिटिजन लाइफ इन्स्योरेन्सले पुर्व क्षेत्रमा उत्कृष्ट काम गर्ने एजेन्सिहरु लाई सम्मान सहित विमाका विविध पक्षलाई समेटेर भेलामा विभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ ।
मोरगंको विराटचोक स्थित नेपालीरिका होटेलमा भएको कार्यक्रममा कोशी प्रदेशका विभिन्न ठाउँमा रहेका शाखा प्रमुख,एजेन्सी समेतको सहभागितामा सिटिजन लाईफ इन्स्योरेन्सले भेलाको आयोजना गरेको हो । वार्षिक रुपमा आयोजना गरिने पुरस्कार वितरण कार्यक्रमले शाखा प्रवन्धक लगायतका कर्मचारिहरुलाई प्रोत्साहन गर्ने तथा वीमाका विभिन्न पक्षहरु समेटेर आयोजना गरिने यो कार्यक्रमले गर्दा वीमा क्षेत्रमा सर्वसाधारणको चासो वढ्न थालेको पाइएको सिटिजन लाफईका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी दिए ।
पुर्नताजकी तामिलमा सुनसरी ,मोरगं, झापा, उदयपुर ,इलाम ,ताप्लेजुगं ,भोजपुर, संखुवासभा लगायतका जिल्लाहरुमा रहेका शाखाहरुका प्रमुखहरु सहित २सय जनाको सहभागिता रहेको रिजनल मेनेजर सुरज काफलेले जानकारी दिए । कार्यक्रममा तालिम प्रमुख कुवेर पाठकले वीमा क्षेत्रका विभिन्न पक्षका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा विमल वाग्ले , राम खत्री, रिजनल मेनेजर उत्तम कोइराला लगायतको सहभागिता रहेको थियो । 




















