इटहरी । रोटरी क्लव अफ इटहरीले धनकुटा जिल्ला अस्पताललाई वेवी वार्मर हस्तान्तरण गरेको छ ।

शिशु जन्मीएपछि राख्ने दुई थान वेवी वार्मर धनकुटा जिल्ला अस्पताललाई रोटरी क्लव अफ इटहरीले एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको हो  ।

    रोटरी क्लव अफ इटहरीले नवजात शिशुका लागि आवश्यक पर्ने वेवी वार्मर धनकुटा अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरियो  । वेवी वार्मर हस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ इटहरीका अध्यक्ष कृष्णराज श्रेष्ठ लगायतले हस्तान्तरण गरे ।

वेवी वार्मर हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटा तथा धनकुटा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका निरेन तामागंको प्रमुख आतिथ्यमा भएको थियो ।WhatsApp Image 2024-12-11 at 16.45.23

त्यसै गरी रोटरी क्लव अफ इटहरीले धनकुटा नगरपालिका वडा नम्बर १० पारी पात्ले उत्तरपानीमा रहेको श्रीआधारभुत माध्यमिक विद्यालयका वौद्धिक असक्तता भएका ३५ जना विद्यार्थीलाई न्यानो कपडा समेत वितरण गरेको छ । जाडो वढी रहेको तर्फ मध्यनजर गर्दै रोटरी क्लव अफ इटहरीका अध्यक्ष कृष्णराज श्रेष्ठ नेतृत्वको रोटरीयनहरुको टोली सो विद्यालयमा पुगेर विद्यार्थीलाई स्कुल ज्याकेट वितरण गरेका हुन ।WhatsApp Image 2024-12-11 at 16.55.35

जिल्ला समन्वय समिति धनकुटाका प्रमु्ख निरेन तामागंको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा विद्यालयमा निमित्त प्रधानाध्यापक रेशराज खनाल , धनकुटा वडा नम्बर १०का वडाध्यक्ष नगेन्द्र पाण्डे रोटरी क्लव अफ इटहरीकी पुर्व अध्यक्ष अनिता अधिकारी , रोटरियन सन्तवहादुर डुम्मजन,सचिव केसब भट्टराई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।