नेपालको लागि भारतबेन्ज गाडीको आधिकारिक बिक्रेता ओम्नी मोटर्स प्रा.लि. ले आफ्नो ग्राहक सेवा अभियानलाई अझ प्रभावकारी बनाउँदै मेगा सर्भिस क्याम्प २०२४ सुरु गरेको छ। यो क्याम्प मंसिर ५ गते देखि मंसिर १४ गते सम्म देशभरका वर्कशपहरूमा आयोजना गरिने छ, जहाँ ग्राहकलाई विभिन्न प्रकारका सेवा र छुटका अफर प्रदान गरिनेछ।
कम्पनीका कस्टमर सर्भिस प्रमुख सुमन धमलाले जानकारी दिँदै भने, “हाम्रो ग्राहकको माग र आवश्यकता अनुसार, हामीले यस वर्षको मेगा सर्भिस क्याम्पमा स्पेयर पार्ट्समा ५०% सम्म छुट, लुब्रिकेन्टमा ३०% सम्म छुट र लेबर चार्जमा २०% सम्म छुटको अफर ल्याएका छौं। यस अभियानका माध्यमबाट, हामी हाम्रो ग्राहकलाई थप सस्तो र प्रभावकारी सेवा प्रदान गर्न चाहन्छौं।”
यस क्याम्पको मुख्य उद्देश्य भारतबेन्ज गाडीका मालिकहरूलाई उचित मर्मत र देखभाल सेवाहरू प्रदान गर्नु र गाडीको कार्यक्षमता र दीर्घायु सुनिश्चित गर्नु हो। ओम्नी मोटर्स प्रा.लि. ले नेपालमा २०१४ सालदेखि भारतबेन्ज ब्रान्डको ट्रक र टिप्परको बिक्री र सेवा प्रवद्र्धन गर्दै आएको छ।




















