धनकुटा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले वडा दशै २०८१ को सप्तमी तथा फुलपातिका दिन धनकुटा स्थित टुडिखेलमा सुन्दर चैतन्य देविहरूको झाँकि प्रर्दशन गरेको छ । 

सदा झै यस बर्ष पनि देविको झाँकि प्रर्दशन गरि बाच र बाच्न देउ भन्ने उद्देश्यका साथ देविहरूको झाँकि प्रदर्शनी गरिएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले जनाएको छ । 

परम्परागत रूपमा चलिआएको देवीको नाममा वलि प्रथालाइ निरूत्साहित गर्ने उद्देश्यले गलत परम्परालाई परिमार्जन गर्दै र गलत हिंसा पशुको हत्या गरि अपराधिक मनोबृत्तिलाई अन्त्य गरि मानवमा रहेका मनोविकारको जड भएकाले यिनै मनोविकार हावि हुदा हरेक मानव दुखि, परिसान र असान्त छन् ।WhatsApp Image 2024-10-10 at 15.50.25 2

जस्ले गर्दा देविले पशुको नभएर मानव भित्र वसेको मै पनको वलि ग्रहण गरि त्यसको वदलामा मानविय मुल्यको विकास गरि शान्ति खुसि, दया करूणा, प्रेम, सद्भावना जस्ता गुणहरूको प्रसाद तथा आर्शिबाद दिईरहेका छन् । यिनै सन्देश सबै सामु पुर्याउने उद्देश्य राखी ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र धनकुटाले देविहरूको झाँकि प्रदर्शनि गरेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाका सञ्चालिका ब्रह्माकुमारी निर्मला ढकालले बताउनु भयो ।

पानसमा दिप प्रजल्वन गरेर जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा भिमदल गणका गणपति प्रमुख सेनानी गणेश थापा, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलकी धर्मपत्नि, नम्वर ६ गुल्मका गुल्मपति, राष्ट्रिय अनुसन्धान अधिकृत, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुखलगायतको  उपस्थिति रहेको थियो ।