सुनसरी  । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र कृषी एवम ग्रामिण विकास विभागको आयोजनामा रसायनयुत्त खेतीलाइ निरुत्साहित गर्न सुनसरीको गढि गाउँपालिकामा एक दिवसीय शाश्वत यौगिक खेती प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

वैज्ञानिक युगमा जति विकास भएपनि आधुनिकता सगैंं आम मानिसले अर्गानिक खेती विर्सिदै गएकोले योग ध्यान सगैं स्वास्थ्य जिवन शैलीका लागी अर्गानिक खेती अनिवार्य भएकोले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सभासद रोहितवहादुर कार्किले विकासको यो युगमा समेत मानिसलाइ एक पछि अर्को विरामि लाग्ने क्रमलाइ असुद्ध खान पानले गर्दा मानिसमा विभिन्न रोग बाट बच्न रसायनयुक्त खेतीलाइ प्राृत्साहित गर्न आवश्यक रहेको बताए  । vlcsnap-2024-09-26-18h25m45s672

एक दिवसीय प्रशक्षिण कार्यक्रममा अर्गानिक तथा शाश्वत यौगिक खेती गर्ने विधि , अर्गानिकको फाइदा र पौराणिक तथा वैज्ञानिक महत्वका वारेमा जानकारी दिने उदेश्यले प्रशिक्षण दिएको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमुख संचालिका ब्रम्हाकुमारी शारदा सिटौलाले जानकारी दिइन । 

प्रशिक्षण दक्ष प्राविधिक तथा ब्रम्हाकुमारी रायोजग सेवा केन्द्रका मनिशा,पुनम र महेश ठाकुरले प्रशिक्षण दिएकाका थिए । 

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र कृषि ग्रामिण विकास विभागको आयोजनामा भएको  प्रशिक्षण कार्याक्रममा इटहरी उपमहानगर पालिका ,गढिगाउ पालिका,दुहवी नगर पालिका,विराटनगर महानगर पालिका र ,धरान उपमहानगर पालिका लगायतका स्थान वाट प्रतिनिधी मुलक ३ सय जना बढीको सहभागिता रहेको थियो ।