धरान । आदिवासी जनजाति युवा महासंघ, नेपाल धरान उपमहानगर समिति गठन भएको छ ।
प्रताप सिङ तामाङको अध्यक्षतामा ८ सदस्यीय उपमहानगर समिति निर्वाचित भएको हो । आदिवासी जनजाति युवा महासंघ , नेपाल सुनसरी जिल्लाको आयोजनामा धरान उपमहानगर समिती गठन कार्यक्रम सप्पन्न भएको हो । धरान उपमहानगर समितिमा आवद्ध जातिय सस्थाहरुको आतिथ्यतामा सप्पन्न कार्यक्रममा अध्यक्ष बाहेक सबै पदहरु सर्वसहमतले चयन भएका थिए । अध्यक्ष पदका उम्मेद्वारद्धय नेपाल तामाङ घेदुङका प्रतिनिधि प्रतापसिङ तामाङले १२ मत प्राप्त गरे भने र किरात राइ यायोक्खाका प्रतिनिधि कौशिला चेम्जोङ राइले ५ मत प्राप्त गरिन् । त्यस्तै उपाध्यक्षमा सुनिता श्रेष्ठ , सचिवमा समृत मादेन , सह सचिवाम करिस्मा याक्खा , कोशाध्यक्षमा बिक्रम सुनुवार , सदस्यहरुमा प्रकृति आले मगर , सक्षम गुरुङ , पासाङ लमु शेर्पा सर्वसम्मतले चयन भएका हुन् ।
आदिवासी जनजाति युवा महासंघ , नेपाल सुनसरी जिल्ला अध्यक्ष कोइच कणर्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासघ नगर समन्वय परिषद धरानका अध्यक्ष शुभास चन्द्र हुक्पा चोङ्बाङको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी आदिवासी जनजाति युवा महासंघ ,नेपालका संघीय सचीव महेस्वर हुक्पाचोङबाङ र टार्जन सुनुवार आदिवासी जनजाति युवा महासंघ प्रदेश न १ का अध्यक्ष कमल राना मगर , आदिवासी जनजाति युवा महासंघ नेपाल , सुनसरी जिल्ला उपाध्यक्ष नवराज किरातीको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा धरानमा आवद्ध १३ वटा जातीय सस्थाहरु मध्य ९ वटा जातीय सस्थाको २ प्रतिनिधि सहित १ पर्यवेक्षक गरि ३ जनाको उपस्थिति रहेको थियो ।




















