इटहरी । नेपाली हिन्दु महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी हरेक वर्षझै यो वर्ष पनी निरन्तरता दिदै तिरुपति अटो सिटी इटहरीले तिज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
इटहरीमा रहेको यामहा मोटरसाईकल तथा स्कुटरको विक्रेता तिरुपति अटो सिटीले यस पटक पनी आफ्ना मोटरसाईकल तथा स्कुटरका महिला खरिदकर्ता दिदी बहिनीहरु लाई सहभागी गराएर तिज विशेष कार्यक्रम आयोजना गरेको हो । 
तिरुपति अटो सिटीले आउदै गरेको हरीतालिका तिजको अवसरमा कार्यक्रमको आयोजना गरी यामहाका ग्राहकहरुको सहभागितामा तिजका गितमा नाचगान गरेर रमाइलो गर्दै तिजको दर खुवाउने परम्परालाई निरन्तरता दिदै आएको संचालक संजोय पराजुलीले वताए ।
कार्यक्रममा इटहरीका संघ,सस्थाका महिलाहरुको सहभागिता रहेको थियो ।
पछिल्लो समय नेपाली हिन्दू महिलाहरू द्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।




















