इटहरी । आउदै गरेको तिज लाई लक्षित गरी नेपाली काँग्रेस इटहरी उपमहानगरपालीका वडा नम्बर एकले तिज बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।
हिन्दु महिलाहरुको मुख्य पर्व हरितालिका तीजको अवसरमा बुधबार पार्टी कार्यलयमा आयोजित उक्त तीज बिशेष कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायिका गंगा गौतम र लोक गायिका अञ्जु गौतमले मौलिक तिज तथा अन्य गितहरु गायर दिदीबहिनीहरुसँग रमाइलो भेटघाटका साथै नाचगान गर्दै मनोरञ्जन गराएका थिए ।
हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो ।
त्यसै लाई मध्यनजर गर्दै नेपाली काँग्रेस इटहरी एक वडा समितीले तीज बिशेष कार्यक्रमको आयोजना गरी महिलाहरुले तीजको अवसर पारी एक–आपसमा शुभकामना आदानप्रदान गर्दै दर खुवाउन पार्टीका महिला सदस्य तथा स्थानिय समाजसेवी महिलाहरु लाई सहभागी गराएको कार्यक्रम संयोजक हेमन्त गौतमले जानकारी दिए ।
डम्बर बहादुर कटुवालको सभापतित्वमा भएको तिज बिशेष कार्यक्रम इटहरी उपमहानगर पालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षक संघ जिल्ला उपाध्यक्ष चण्डीका निरौला, नेपाली काँग्रेस महासमिती प्रतिनिधि विमला शिवाकोटी ढकाल, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ क की महासमिती सदस्य पन्ची वेइबा,इटहरी नगर उप सभापती कोविदजंग कार्की,इटहरी एक का वडाअध्यक्ष रतन कार्की, पार्टी सचिव चित्र बहादुर कार्की लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















