ईटहरी । नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ  इस्कोन इटहरीले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर तीन दिने वैदिक ग्रन्थ तथा  श्रीकृष्ण जन्माष्टमी महोत्सव कार्यक्रम इटहरीमा  सुरु गरेको छ ।

वैर्दिक ग्रन्थहरुको अध्ययनमा जोड दिदै श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर तीन दिन सम्म सञ्चालन गरिने  श्रीकृष्ण जन्माष्टमी महोत्सवको पहिलो ८ गते भागवत गिता पुस्तक प्रर्दशनी तथा कलेज स्तरिय भागवत गीताको परिचय शिर्षकमा केन्द्रित वक्तित्व कला प्रतियोगिताको आयोजना गरेको छ ।

 इटहरीको रिजाल्स भिजनमा आयोजित प्रतियोगितामा इटहरी नमुना कलेज,कस्तुरी कलेज,सिबि कलेज लगायतका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । 

 अन्तर कलेज वक्तित्वकला प्रतियोगितामा प्रथम कस्तुरी कलेज,दोस्रो इटहरी नमुना कलेज,तेस्रो र चौथो कस्तुरी कलेज र पाँचौंमा सिवि कलेजका विद्यार्थीहरु पुरस्कृत भएका छन् ।WhatsApp Image 2024-08-25 at 12.57.54 1

सो प्रतियोगितमा प्रथम, दोस्रो, तेस्रो र चौथो, पाँचौं स्थान हासिल गर्ने सहभागी विद्यार्थीहरु लाई प्रमाणपत्र र भागवत गिताको पुस्तकद्धारा पुरस्कृत गरिएको छ ।  

विगतका वर्षमा भक्त जनहरुले १३ हजार बढीले प्रर्दशनीको अवलोकन तथा प्रसाद ग्रहण गरेका थिए भने यस वर्ष पनी धैरै भक्तजनहरु लाई निमन्त्रणा गरिसकेको र यो कार्यक्रममा विद्यार्थीहरु लाई भौतिक शिक्षामात्र नभएर आध्यत्मीक शिक्षामा बच्चै देखि विद्यार्थीहरु लाइ सहभागी गराएर वैर्दिक ग्रन्थहरुको चर्चा सहित श्रीमद्भागवत गीताका विषय केन्द्रित ज्ञान दिने उदेश्यले विद्यार्थीलाई सहभागी गराएको इस्कोन इटहरीका अध्यक्ष ललित बहादुर बानियाँले बताए । WhatsApp Image 2024-08-24 at 19.48.27 4

कार्यक्रमा भजन किर्तन,महाप्रसाद वितरण, अभिषेक, ग्रन्थ प्रर्दशनी,  दुई दिने चित्रकला प्रर्दशनी र वक्तित्वकला प्रतियोगिता आयोजना गररे भब्यताका साथ श्रीकृष्ण जन्माष्टमी महोत्सव गर्न लागेको   श्रीकृष्ण जन्माष्टमी महोत्सव कमिटिका अध्यक्ष विष्णु रिजालले जानकारी दिएका छन् । वक्तित्वकला प्रतियोगिता प्रथम,दोस्रो,तेस्रो हुन लाई पुरस्कृत गरिने छ ।WhatsApp Image 2024-08-25 at 12.57.56 1

९ गते आइतबार विद्यालय स्तरिए वक्तित्वकला प्रतियोगिता हुने र १० गते श्रीकृष्ण जन्माष्टमीमा भजन किर्तन र ११ गते राधाकृष्ण शिव मन्दिरको रथयात्रा सहभागी भएर भब्यताका साथ मनाइने इस्कोनले जनाएको छ ।