इटहरी । हिन्दु नेपालीहरूको महान् पर्वहरूलाई लक्षित गरी सुपथ मूल्यमा पाइने स्थानिय उत्पादनहरुको विक्री वितरण सुरु गरेको छ ।
हाम्रो उत्पादन हाम्रै बजारमा भन्ने मूल नाराका साथ इटहरी उपमहानगर पलिका भित्र रहेका उद्यमीहरूले उत्पादन गरेको घरेलु सामग्रीहरूको बजार प्रबद्धन गर्ने उदेश्यले इटहरी उपमहानगर पालिका अगाडीको खाली ठाउँमा प्रस्तावित नागबेली पालिका बजारले सो सामग्रीहरूको प्रदर्शन तथा बिक्री वितरण सुरु गरेको हो ।
मानव जीवनमा दैनिक आवश्यक सामग्रीहरू प्रदर्शनमा राखिएको र शनिबार देखी औपचारिक रूपमा बिक्री वितरण सुरु गरिएको र इटहरी लगायतका स्थानका अन्य उत्पादनहरु लाई पनी थप गर्दै जाने नागबेली पालिका बजारकी संयोजक विजया प्याकुरेलले जानकारी दिइन ।
इटहरीमा नयाँ कामको थालनी संगै महिलाहरूले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणमा टेवा पुग्ने भएकोले अझ उद्यमी बनाउन प्रेरित गराउने सहभागीहरुले बताएका छन् ।
त्यस्तै कोशी प्रदेश सांसद मिनाकुमारी श्रेष्ठले उद्यमीहरूले उत्पादन गरेको सामग्रीहरूको अवलोकन संगै चाडपर्व लक्षित यस्ता कार्यक्रमहरू प्रभावकारी हुने भन्दै सुभकामना दिएकि थिइन ।
उत्पादन भएका सामग्रीहरूले बजार पाउन मुस्किल भइरहेको अवस्थामा एकै ठाउबाट स्थानिय उत्पादनको प्रदर्शनी र बिक्री बितरण गर्न पाउदा उद्यमीहरूले खुशी ब्याक्त गरेका थिए ।
प्रदर्शनीको इटहरी उपमहानगर पालिकाका नगर प्रमुख हेमकर्ण पौडेल , नागरिक समाज इटहरी की अध्यक्ष बालिका भट्टराई तथा इटहरीका वडाध्यक्ष ,जनप्रतिनिधि लगायतले सो बजारको अवलोकन गरेका थिए । 


















