इटहरी । मनोरञ्जनका क्षेत्रमा कार्यरत बालबालिका ,किशोरी तथा महिलाहरुको अधिकार संरक्षणको विषय केन्द्रित सरोकारवालाहरुसंग सुनसरीको इटहरीमा अन्तरक्रिया गरिएको छ ।

    श्रमिक महिला साझा मञ्च नेपाल र महिलाका निम्ती महिला मञ्चको आयोजना रहेको कार्यक्रममा मनोरञ्जनका क्षेत्रमा काम गर्दै आएका बालिबालिका ,किशोरी तथा महिलाहरुके हक अधिकार संरक्षणका विषयमा अन्तरक्रिया गरिएको हो ।

  श्रमिक महिला साझा मञ्च नेपालकी अध्यक्ष मेनुका चौधरीको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य सपना परियारको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मनोरञ्जनका क्षेत्रमा कार्यरत बालिका ,किशोरीहरुलाई शिक्षा, स्वास्थ्य ,मनोपरामर्श ,पुनस्थापना लगायतका विषयमा छलफल तथा सहजिकरण गरिएको थियो ।vlcsnap-2024-07-05-17h45m12s854

दुई दिने कार्यक्रममा होटल व्यवसायी , स्थानीय तहका जनप्रतिनिधि , प्रहरी प्रशासन , सामाजिक संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मनोरञ्जनका क्षेत्रमा काम गर्ने बालबालिका ,किशोरी लगायतका हक अधिकारका पक्षमा भ्वाई अफ चिल्डे«नकी कार्यक्रम अधिकृत लिला भुजेल , श्रमिक महिला साझा मञ्चकी कार्यक्रम अधिकृत संगिता राजवंशी लगायतले बोलेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेकवहादुर कार्की , महिलाका निम्ती महिला मञ्च नेपालकी अध्यक्ष सृर्जना पुन लगायतको आतिथ्य रहेको थियो ।