इटहरी । उद्योग वाणिज्य संघले २५ औ साधारण सभा शनिवार एक कार्यक्रम गरी सम्पन्न गरेको छ ।
साधारण सभाको अवसरमा इटहरीका ब्यवसायी, कलेज तथा पत्रकारलाई सम्मान गरेको हो ।
विश्व आदर्श कलेजले २०७९,८० मा आन्तरिक राजश्व कार्यलयमा सबै भन्दा बढी कर तिरेर सरकार लाई सहयोग गरेको भन्दै विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाललाई प्रमाण पत्रले सम्मान गरेको छ भने पत्रकारिताको क्षेत्र बाट समाजलाई सुसुचित गराउन महत्वपुर्ण भुमिाक निर्वाह गरेको भन्दै पत्रकार विवेक विवश रेग्मीलाई नगद ११ हजार सहित प्रमाण पत्रले सम्मान गरिको छ ।
तेसइगरी महिला उद्यमीको रुपमा रहेर पशुपालन गर्दै आएकी अम्बिका कोइराला र इटहरी क्षेत्रमा लामो समय देखी कपडा ब्यवसय गर्दै आएका क्लोथ हाउसका संचालक नारायण राठी ,हरीसिद्धी इम्पोरियमका संचालक मंजिल श्रेष्ठ, कार्की बस्त्रालयका संचालक चेतबहादुर कार्की र शंकर राइस मिल संचालक राधेश्याम साह लगायत लाई कार्यक्रममा सम्मान गरिएको हो । 
कार्यक्रमा सम्बोधन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको आर्थिक अवस्था सुधारोन्मुख रहेता पनी सरकारले बजेटमा केही समेटिएपनि कार्यान्वयनको पक्ष हुनेमा शंका लागेको बताए ।
महासंघको विधान पुस अघिनै परिवर्तन हुने र लगानीको वातावरण बनाउन महासंघले काम गरिरहेको पनी बताए ।
यस संघले सिकाई, भोगाई, संस्थागत संस्कारसंगै, आर्थिक वृद्धिलाई प्रोत्साहित गर्दै स्थानीय व्यवसायलाई समर्थन गर्ने र इटहरीमा व्यावसायिक वातावरणलाई सुधार गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आएको बताए ।
व्यवसायीहरुको समस्या समाधनका लागी स्थानिय सरकारसंगको दोहोरो कर र भिसिटिएस सम्वन्धि जानकारी मुलक कार्यक्रम व्यवसायीहरुलाई मिसम्याच सम्वन्धि कार्यमा संघले महत्वपुर्ण कामहरु गर्दै आएको उद्योग बाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पुर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बा, नेपाल उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष चण्डिराज ढकाल, प्रदेश संसद मिना श्रेष्ठ, उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्य, हेमराज ढकाल कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत लगायतको सहभागिता रहेको थियो ।





















