इटहरी । नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ)को आयोजनामा भएकोे अन्तर कलेज बिजनेस आइडिया प्रतियोगिता इटहरीको बरण्डा होटेलमा सम्पन्न भएको छ ।
५ वटा कलेज लाई पछी पार्दै प्रतियोगितामा विश्व आदर्श कलेजले प्रथम अवार्ड हासिल गर्न सफल भएको हो ।
इटहरी र सुन्दरहरैचाका ६ वटा कलेजका २४ जना विद्यार्थीको सहभागिता रहेकोमा प्रतियोगितामा २,२ जनाले प्रतियोगितामा प्रस्तुतीकरण गरेका थिए ।
प्रतियोगितामा विजयी विश्व आदर्श कलेजका टिमले १ लाख नगद सहित अवार्ड ,प्रमाणपत्र प्राप्त गरेको छ । 
उद्योगी शिवप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न उद्योगी तथा व्यवसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै घिमिरेले यस्ता प्रतियोगिताबाट आएका विद्यार्थीहरुका लागी यो आइडिय प्रतियोगिताले युवाहरूलाई आगामी दिनमा उद्यमी बनाउन मद्धत पुग्ने बताए ।
नेपाल युवा उद्यमी मञ्च सुनसरी अध्यक्ष चन्द्र देवकोटाले युवाहरूमा स्वरोजगार र उद्यमीको भावना विकास गराउन यस्ता प्रतियोगिताले युवाहरुमा अझ क्षमता बिकास हुने भएकाले विद्यार्थीको आइडिया लगानिकर्ता सम्म पु¥याउने र रचनात्मक बिजनेस सुरुवात गर्ने उद्देश्य राखिएकोे बताए ।
प्रतियोगिताका निर्णायकहरु सुयश प्याकुरेल,सुरेन्द्र गोल्छा,प्रिया शर्मा रहेका थिए । 
प्रतियोगितामा विश्व आदर्श कलेज सहित कस्तुरी, कोशी कलेज, सुष्मा कलेज, ग्रीनपिस लिङ्कन कलेज र इटहरी इन्टरनेसनल कलेजले सहभागीता जनाएको थिए ।
कार्यक्रममा विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाल, ग्रीनपिस लिङ्कन कलेज प्रिन्सिपल मुक्ती सुबेदी,राट्रिय क्लबका अध्यक्ष सन्त बहादुर डुम्जन लगायतको सहभागिता रहेको थियो ।




















