इटहरी । स्वयम र समाजका लागि योग र महिला सशत्तिकरणको लागि योग भन्ने नाराका साथ १०औँ अन्तराष्ट्रिय योग दिवशको अवसरमा आयोजित प्रभातफेरी ले बजार परिक्रमा गरी ब्रह्माकुमारी राजयोग सेवा केन्दको सभा हलमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । 
इटहरीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र,पतंजली योग समिति, जिवन विज्ञान प्रतिष्ठान पातञ्जल योग समितिकोे संयुक्त आयोजनामा अन्तराष्ट्रिय योग दिवश मनाइएको हो ।
कार्यक्रममा चार वटै सस्थाले विभिन्न योग,ध्यान बाट मनमा खुसी,शान्ती र स्वास्थ्य विभिन्न रोग मुक्त गर्ने विषयमा योग प्रशिक्षकहरुले प्रतिनिधीत्व मुलक प्रर्दशनी गरेका थिए भने सोही कार्यक्रममा विश्व आर्दश स्कुलका विद्यार्थीहरुले योग प्रर्दशन गरेका थिए ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी संचालिका ब्रह्माकुमारी शारदा सिटौलाको अध्यक्षता तथा कोशी प्रदेश सासंद मिना श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा इटहरी उप महानगरपििलकाकी उप प्रमुख संगिता कुमारी चौधरी, इटहरी लेडि जेसिजकी अध्यक्ष इन्दिरा काफ्ले महिला बचत ऋण सहकारी सस्थाकी अध्यक्ष मुना तिम्सिना, जिल्ला सहकारी संघकी अध्यक्ष योगमाया सुबेदी, पतंजली योग समितिकी अध्यक्ष उर्मिला कट्वाल, जिवन विज्ञान प्रतिष्ठान जिल्ला संयोजक गणेश प्रसाद निरौला लगायतको सहभागिता रहेको थियो ।




















