इटहरी । महिला सशक्तिकरणको लागि योग भन्ने नाराका साथ १०औँ अन्तराष्ट्रिय योग दिवश तथा अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।
दुर्गा पाटी प्यालेसमा भएको पतंजली योग पीठ नेपाल इटहरी उपमहानगर समितिको आयोजनामा अन्तरक्रिया गरेर मनाइएको हो ।
अबको समयमा मानव स्वस्थ रहनलाइ योगको विकल्प नरहेको र विभिन्न औषधि उपचार भन्दा पनि योगको माध्यमबाट स्वास्थ रहने भएकोले योग अनिवार्य गर्नु पर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिए ।
ध्यान र योगको माध्यमबाट आफ्नो मनमा भएको विकारलाइ बाहिर निकालेर आफ्नो सोचलाइ कसरी परिर्वतन गर्न सकिन्छ ध्यान र योगको माध्यमबाट स्वास्थको लागि ध्यानका विषयमा
ब्रमाकुमारी राजयोग सेवा केन्द्रकी संचालिका शारदा सिटौलाले जानकारी गराएका थिन ।
योग दिवसको अबसर पारेर सप्ताह व्यापि कार्यक्रममा रक्तदान कार्यक्रम ,विद्यार्थीहरुलाइ योग प्रशिक्षण र महिला सशत्तिकरण अन्तरक्रिया लगायतका कार्यक्रमहरु गरेर सम्पन्न गरेको छ । 
उर्मिला कट्टवालको अध्यक्षता तथा सशस्त्र प्रहरीबल नेपाल १ नम्बर बाहिनि पकलिका प्रहरी उपरिक्षक असोक कुमार शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक योगमाया सुवेदी,कोशी प्रदेश प्रभारी मिष्टर प्रसाद चौधरी,लेडि जेसिजकी अध्यक्ष इन्दिरा काफ्ले, लगायतका अतिथिहरुको उपस्थीति रहेको थियो ।




















