इटहरी/ प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल जनता बहुमुखी क्याम्पस कोशी प्रदेश कै सर्वोत्कृष्ट शैक्षिक संस्था हो । सुनसरीको इटहरीमा रहेको यो शैक्षिक संस्थामा विज्ञान, कम्प्युटर साइन्स , व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा अध्यापन गराइन्छ । विद्यार्थीलाई अधिकतम समय अध्यापनमा केन्द्रित गराउने जनता कलेजले अन्तरक्रियात्मक शैलीमा पठनपाठन गराउँछ । विद्यार्थीको बौद्धिक स्तर उकास्न उनीहरूसँग साक्षात्कार र अन्तरक्रिया गर्दै आएको छ ।एउटै छानामुनि कक्षा ११ देखी स्नातकोत्तर सम्म पढाई हुने यस क्याम्पसमा दक्ष तथा अनुभवी प्राध्यापकहरू रहेका छन् ।  विद्यार्थीहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका छन् । स्नातक र स्नाकोतरमा मात्र होइन कक्षा ११ र १२ मा पनी जनता कलेजको पढाई गुणस्तरीय रहेको छ ।  प्लस टु देखी स्नातकोत्तर सम्म अध्यापन गराउने उत्कृष्ट शैक्षिक संस्थाको नम्बर एकमा पर्न सफल जनता कलेज अनुशासित वातावरण, गुणस्तरीय पठन विधिका कारण अब्बल भएको हो ।2

उत्कृष्ट शैक्षिक नतिजाका निम्ति अहोरात्र मेहनत गर्ने यो संस्थाको भौतिक संरचना र खेल मैदान पर्याप्त रहेको छ । पूर्वका पहाडी जिल्लाबाट अध्ययनका लागि मधेस झर्ने विद्यार्थीको पहिलो गन्तव्य पनि इटहरीको जनता कलेज नै बनेको छ । इटहरीका शैक्षिक संस्था मध्ये एक मात्र सामुदायिक जनता बहुमुखी क्याम्पस स्थापित छ । स्नातकोत्तर तह सम्म पढाई हुने क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दो छ । धेरै विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल यस कलेजले पछिल्लो समय निकै राम्रो सफलता हात पारेको छ ।

जनता कलेजले पछिल्लो समय पढाइमा निरन्तरता, बिदामा कमी, उच्चस्तरको फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षा जस्ता कुरामा विशेष ध्यान दिने गरेको छ । अतिरिक्त क्रियाकलाप र काउन्सिलिङमा समेत उत्तिकै ध्यान दिँदै आएको यस कलेजले बेला बेला आन्तरिक परीक्षा लिने गरेको छ । अत्याधुनिक शिक्षण पद्धति, कुशल व्यवस्थापकीय टिम तथा दक्ष प्रध्यापकहरु यस कलेजका विशेषता हुन् । उच्च भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, भव्य ल्याब र लाइब्रेरी लाई यो कलेजका आकर्षण को रूपमा लिन सकिन्छ ।

अहिलेको समयमा पिक आवरमा १९ ओटा रुटमा बस सञ्चालन हुने गरेका छन् । जस्तै, पश्चिम–उत्तरमा २२ किलोमिटर टाढा कालाबन्जार सम्म बस जान्छ । त्यस्तै पश्चिममा इनरुवा सम्म जान्छ । दक्षिणमा दुहबी नजिक कदमगाछ सम्म जान्छ । पूर्वमा बेलगाछी र उत्तरमा तरहरा, तालतलैया हुँदै जान्छ । जनता कलेज राष्ट्रका लागि जिम्मेवार नागरिक उत्पादन गर्न कटिबद्ध रहेको क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसी बताउनुहुन्छ ।

२०४५ सालमा स्थापित जनता कलेजले त्यसयता निरन्तर सफल परिणाम ल्याएर आफूलाई अब्बल साबित गर्दै आएको छ । प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल अध्ययनमैत्री वातावरण बनाउन सफल यो संस्थाले प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार बाह्रै महिना अतिरिक्त कक्षा, प्रोजेक्ट वर्क लगायतका गतिविधि गर्दै आएको क्याम्पस प्रमुख  गीता अधिकारी बताउनुहुन्छ ।

मोफसलमा रहेर पनि अन्तराष्ट्रियस्तरको शिक्षा प्रदान गरेको कलेजको भनाई छ । जनता कलेजले उत्कृष्ट नतिजा ल्याउने, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ । । विद्यार्थीलाई नियमित अध्ययन बाहेक अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन पनि कलेजले उत्तिकै भूमिका खेल्ने गरेको छ ।

उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेजमा प्लस टु तर्फ विज्ञान ,कम्प्युटर साइन्स , व्यवस्थापन,  र मानविकी संकायको पढाई हुन्छ भने ब्याचलरतर्फ, बिबिएस, बिए, वि एड , बिएसडब्ल्यु, विआइसिटीइको पढाई भइरहेको छ । मास्टर लेभलको एमबीएस र एमएडको कोर्स पनि सञ्चालन भइरहेको छ ।