धनकुटा। प्राकृतिक तथा मानव सृजित विपद्का कारण वर्षेनी हुने जनधनको क्षतिलाई न्युनिकरण गर्ने उद्देश्यले जिल्ला विपद् जोखिम न्युनिकरण र व्यवस्थापन संयुक्त अभ्यास मनसून-४ कार्यक्रम नेपाली सेनाले सम्पन्न गरेको छ । 

वर्षायाम सुरु हुन लागेको समयमा बाढी तथा डुवानबाट हुने सम्भावित जोखिम न्युनिकरण गर्न विपद प्रतिकार्यको सिमुलेसन अभ्यान गरिएको हो । IMG_20240606_215629भीमदल गण सल्लेरी व्यारेक धनकुटाको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा तमोर नदी मुलघाटमा विपद् प्रतिकार्यको कृतिम अभ्यास गरिएको हो । बाढीबाट हुन सक्ने सम्भावित क्षती न्युनिकरणका लागी खोज उद्धारको कृतिम अभ्यास गरिएको हो । अभ्यास कार्यक्रममा पानीमा डुवेको ब्याक्तिलाई उद्दार अभ्यास गरिएको छ ।IMG_20240606_215455 बोतल, केराकाथाम लगायत स्थानिय स्तरमा उपलब्ध हुने स्रोत साधनको उपयोग गरेर इम्प्रोभाइज फ्लोटिङ डिभाइस मार्फत जोडेर ,पानीको सतहमा नगइ बाहिरबाट डोरी फालेर गरिने ड्राइ रेस्क्यु सम्भव नभएको अवस्थामा प्रशिक्षित जनशक्तीले र्याफ बोटको सहायताले लाइफ ज्याकेट लगाएर गरिने टेक्निकल रेस्क्यु त्यसमा पानी घटेकाबेला मोटरबोटको सहायताले कसरी उद्धार गरिन्छ भनी अभ्यास गरिएको थियो ।IMG_20240606_215518 केही समय अघी नदिहरूमा आएको बाढीले स्थानीयहरुलाइ प्रभाव परेको तर्फ मध्यनजर गर्दै उक्त तम्मोर नदिमा विपद् व्यवस्थापन प्रतिकार्य कृतिम अभ्यास मनसुन ४ आयोजना गरिएको विशेष  अतिथि नम्बर २ बाहीनी अड्डा हिलेका बाहिनी पति सहायक रथी रामकाजि थापाले बताउनु भयो । बाढीको समयमा हुनसक्ने सम्भावित क्षती न्युनीकरण साथै क्षमता पहिचान र अन्य सुरक्षा निकाय, सातै पालीकाहरुको समन्वयमा घाइतेलाइ उद्धार,प्राथमिक उपचार तथा नजिकैको स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स प्रयोगको  कृतिम अभ्यास गरिएको थियो । वर्षाको समय पहाडका नदीहरुमा पानीको वहाव बढ्दा हुन सक्ने मानविय तथा भौतिक क्षती न्युनीकरण गर्न सुरक्षा निकायले गरेको योगदान सम्मानजनक रहेको छ । यो वर्ष वर्षाको समय हुनसक्ने सम्भावित क्षति न्युनीकरणका लागी लगनशिल भएर पुर्व तयारीमा लाग्न जिल्ला स्थित सुरक्षा निकायलाइ प्रमुख जिल्ला अधिकारीले आग्रह गर्नु भएको छ । ठुलो पहिरो बाढी गएको बेला भौतिक संरचनाहरु ध्वस्त भएको अवस्थामा तल खोचबाट डोरी लगाएर बाटो बनाइ बिरामीलाइ माथी निकालीने अभ्यास अन्तरगत बाढीले बगाउँदै गएको व्यक्तीलाइ पुलबाट डोरीको सहायताले स्टेचर बनाएर माथी लगिएको जस्ता अभ्यास गरिएको थियो । बाढीले डुवाइ फेला नपरेको व्यक्तीलाई खोजी गर्न पानीको सतह मुनी गएको व्यक्तीलाई गोताखोर टोलिले उद्धार गरेको सम्बन्धी अभ्यास सो अवसरमा गरिएको हो । प्री मनसुनको समय गरिएको उक्त अभ्यास विपदको समय प्रभावकारी सावित हुने अनुमान गरिएको छ । 

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ्गको प्रमुख आतिथ्यता, जिल्ला विपद् व्यावस्थापन समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारीको अध्यक्षता एवं नम्वर २ बाहिनीका वाहिनी पति सहायक रथीको विषेश आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । 

अभ्यास कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पाैडेल, श्री नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामकाजी थापा, श्री भिमदल गण सल्लेरी ब्यरेकका गणपति प्रमुख सेनानी सुमन थापा तगायतको सभागिता रहेको थियो ।