इटहरी । गणतन्त्रको मर्म र वर्तमान अवस्था विषयक विमर्श कार्यक्रम इटहरीको जनता बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । इटहरी लेडी जेसिजद्वारा जनता बहुमुखी क्याम्पस इटहरीका विद्यार्थीहरूलाइ सहभागी गराएर उक्त विमर्ष कार्यक्रम आयोजना गरीएको हो । 

गणतन्त्र दिवसको  पुर्व सन्ध्यामा आयोजीत कार्यक्रममा गणतन्त्रलाई संस्थागत गर्न र भावी पुस्तासम्म यसको भविश्य सुरक्षित गर्नका लागि सैद्धान्तिक– वैचारिक हिसाबबाट राष्ट्रिय बहस गर्न आवश्यक रहेको वक्ताहरुहरुले बताएका छन ।

कार्यक्रमलाई दिनेश पोखरेल , विनोद पौडेल , मन्दिप भट्टराई , भेषजा काफ्ले , रिता न्यौपानेले , एमएन धमलाले , राजनीति , सामाजिक घटना , गणतन्त्र लगाएतको विषयमा  जनता क्याम्पसका विद्यार्थीहरूमाझ आफ्नो धारणा प्रस्तुत गरेका थिए ।WhatsApp Image 2024-05-27 at 11.37.16 (2)

कार्यक्रमका प्रमुख अतिथि जनता क्याम्पस संचालक समिति अध्यक्ष विकास केशीले गणतन्त्र सबैको सम्मान, सहअस्तित्व र प्रक्रियासँग जोडिएको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेको सहकार्य, समन्वय र सहअस्तित्व भएकाले गणतन्त्र स्थापनापछि नेपाली समाजमा सहमति र सामाजिक सद्भाव बलियो भएको अध्यक्ष केशीको भनाइ रहेको छ । इटहरी लेडी जेसिजले विद्यार्थीसँग जेसीज अन्तर्गत यो कार्यक्रमले जनता कलेजका विद्यार्थीहरूलाई नेपालमा गणतन्त्र  र यसको औचित्य बारे ज्ञान हासील गर्न सहज भएको बताएका छन ।WhatsApp Image 2024-05-27 at 11.37.19

इटहरी लेडि जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले केही नेता वा पात्रका कमीकमजोरीलाई देखाए व्यवस्था नै खराब हो भन्ने प्रवृत्ति गलत भएको टिप्पणी गरेकी छन । जसमा जेसिसले नकरात्मकतालाई चिर्दै सकरात्मकतालाई प्रोत्साहन गरेको बताइन । कार्यक्रमले पछिल्लो समयको राजनीति घटना परिवेशको विषयमा विद्यार्थीहरूलाई शिक्षा प्रदान गरेको काफ्लेको भनाई रहेको छ ।

सो कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक डाक्टर गीता अधिकारी, सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्ले, जनता बहुमुखी क्याम्पस स्ववियुका  सभापति सहदेव काफ्ले,अनेरास्ववियु जनता बहुमुखी क्याम्पसको सन्तोष तिम्सिना,इटहरी लेडी जेसिजका पदादीकारी,क्याम्पसका शिक्षक शिक्षिका , प्राध्यापकहरू तथा विद्यार्थी लगाएतको सहभागीता रहेको थियो ।