इटहरी । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन लक्षित शुभकामना अनदन प्रदान कार्यक्रम समपन्न गरेको छ ।
नेपाल प्रेस युनियन सुनसरी शाखाले इटहरीको लायन्स क्लबमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरूले प्रेस युनियन सदैव लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका थिए ।
कार्यक्रमाका सहभागीहरुले पछिल्लो समय पत्रकारितामा सृजनशीलता हराउँदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
ध्रुव ढकालको अध्यक्षता तथा नेपाली काँग्रेस सुनसरी जिल्ला उपसभापति नगेश चन्द्र राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा
प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष वासुदेव बराल,प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा,नेपाल पत्रकार महास.संघका केन्द्रीय सदस्य अमर खड्का,नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित नेपाली काँग्रेस इटहरी नगर सचिव विक्रम घिमिरे लगायतले मन्तव्य राखेका थिए ।




















