इटहरी । नेपाल प्रहरीलाई श्रोत साधनयुक्त बनाई जनशक्ति परिचालन गर्न सहयोग पुगोस भनेर ४ थान इलेक्ट्रिक टेम्पो नेपाल प्रहरी लाई उपलब्ध  गराएको छ । 

इटहरीमा रहेको अटो सिटी बजाज सो रुमले एक कार्यक्रम विच नेपाल प्रहरी लाई इलेक्ट्रिक टेम्पोको चावी  हस्तान्तरण गरेको हो ।  

नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई गस्ति गर्न सहज र अरुबेला पनि प्रहरीलाइ गस्ती गर्न सजिलो होस भनेर हस्तान्तरण गरिएको हो । 

इलेकट्रिक सफारीले शान्ती सुरक्षा रामो्र हुन्छ भन्ने अपेक्षा गर्दै विगतमा पनि नेपाल प्रहरीलाइ २ वटा इलेकट्रिक सफारी र १ थान मोटरसाइकल हस्तान्तरण गरिएको अटो सिटि इटहरी बजार सोरुमका संचालक प्रदिप कुमार सन्थलियाले बताए ।WhatsApp Image 2024-05-26 at 17.03.34

साधन स्रोतको कारणले प्रदेशमै समस्या रहदै आएको  र अन्यले घर जग्गा दिने छदै छ अरुको तुलनामा साधन दिने कमै भेटिन्छन अब यसले शान्ती सुरक्षा गर्नमा धेरैनै सहज हुने कोसि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले बताए । 

अटो सिटी इटहरीले विगतमा पनि सहयोग सहकार्य आएको र यसले नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न इलेक्ट्रिक टेम्पोले सहयोग पुग्ने अतिधीज्युमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेले जानकारी दिए ।WhatsApp Image 2024-05-26 at 17.03.34 (1)

हस्तान्तरण कार्यक्रममा सुनसरी जिल्ला प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापाकोटा ,जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीका गणपती प्रहरी उपरीक्षक नारायण चिमरिया लगायतको सहभागिता रहेको थियो ।