सुनसरी । जनता समाजवादी पार्टी सुनसरी जिल्ला समिती गठन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सुनसरीको धरानमा रविन राइको अध्यक्षतामा २३ सदस्यीय जनता समाजवादी पार्टी सुनसरी कार्यसमिति गठन भएको हो । त्यस्तै उपाध्यक्षमा यलमहाङ राई , सचिवमा गन्जमान माझी एवं कोषाध्यक्षमा दुर्गा गुरुङ सर्वसम्मतले चयन भएका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष रणध्वज कङदवा लिम्बुको प्रमुख आतिथ्यतामा सुनसरी जिल्ला समिती गठन कार्यक्रम सम्पन्न भएको हो ।
उनले समानुपातिक समावेशी र उत्पीडित वर्ग समुदायको नेतृत्व र मुक्ती उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट सम्भव नहुने बताएका छन् ।
उनले सर्वोच्च अदालतले चाडै जनता समाजवादी पार्टीको पक्षमा फैसला गर्ने बताएका छन् साथै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुट्ने उनले दाबी समेत गरेका छन् ।
कार्यक्रममा उपस्तिथित अतिथि वक्ताहरुले लोकतान्त्रमा नया पार्टी बन्नु सकारात्मक रहेको बताएका छन् । जनता समाजवादी नेपाल उपेन्द्र यादवको व्यक्तिगत स्वार्थमा लिप्त र अधिनायकवादतर्फ उन्मुख रहेको कारण समानुपातिक समावेशी र उत्पीडित वर्ग समुदायको मुक्ती र देशलाइ विकासको नया खाका कोर्न नया पार्टी (जनता समाजवादी पार्टी ) बनाइएको बताएका छन् ।
कार्यक्रममा १ न प्रदेशका सांंसद तथा पुर्वमन्त्री निर्मला तावा लिम्बू , केन्द्रिय सदस्य यमुना गुरागाइ , प्रदेश कोषाध्यक्ष केशरमान गुरुङ , प्रदेश सदस्य राम माण्डुपा राइ लगाएत विशिष्ट नेता तथा विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।




















