इटहरी । बालबालिकाहरुको क्षमता अभिवृद्धिका साथै बाल अधिकारलाई सुनिश्चित गर्ने उद्धेश्यले इटहरी उपमहानगरपालिका वडा नम्बर ६मा रहेका टोल विकास संस्थाहरुमा बाल समुह गठन गर्ने कार्य गरिदै आएको छ ।

    बाल मैत्री नगर वनाउने उपमहानगरपालिकाको योजना अनुसार वडा नम्बर ६मा  रहेका १९ वटा टोल विकास संस्थाहरु मध्ये ४ वटा टोल विकास संस्थाहरुमा बाल समुह गठन गर्ने कार्य सम्पन्न भई सकेको हो ।

   यही क्रममा संगित चोक टोल विकास संस्थाको बाल समुह इन्जु भट्टराईको अध्यक्षतामा १८ सदसीय बाल समुह गठन गरिएको छ । 

 बाल समुह गठन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले उपमहानगरपालिकाले नगरलाई बाल मैत्री नगर वनाउने योजनालाई सफल पार्न बाल समुह गठन गर्ने कार्यलाई बडामा रहेका टोल टोलमा बाल समुह गठन लाई  निरन्तरता दिएको वताए । उनले बाल अधिकारलाई शुनिश्चित गर्ने विभिन्न खाले कार्यक्रमहरु वडाले गर्दै आएको समेत सो अवसरमा जानकारी गराए ।WhatsApp Image 2024-05-25 at 17.18.56 (1)

संगित चोक टोल विबास संस्थामा बाल समुह गठन कार्यक्रम टोल विकास संस्थाकी सदस्य नम्रता  कार्की खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडा बाल संजालका अध्यक्ष आशिष लकान्द्री र युवा विकास केन्द्रका कार्यकारी निर्देशक निराजन खड्काले  बाल समुहले गर्नु पर्ने भुमिकाको विषयमा जानकारी गराउका थिए ।

यस अघि वडा नम्बर ६का भृकुटी टोल विकास संस्था , खेती खोला टोल विकास संस्था , एकता टोल विकास संस्थामा बाल समुह गठन गर्ने कार्य सम्पन्न भई सकेको छ ।