इटहरी । पछिल्लो समयमा ड्रागनफल खेती तर्फ किसानहरुको आकर्षण बढ्न थालेको छ ।

   ड्रागन फलको माग बजारमा वढी रहेको समयमा सुनसरीको इटहरीका एक दम्पतीले ड्रागन खेती संचालन गर्दै आएका छन् ।

घरको छतमा लगाएर सुरु गरेको ड्रागन खेती बाट राम्रो आम्दामी भए पछी  भान्जा एकिकृत कृषि फर्म दर्ता गरेर हरीबहादुर कार्की र सरिता बस्नेत कार्कीले इटहरी उपमहानगर पालिका ११ मा साढे आठ कठ्ठामा विगत तिन वर्ष देखी विषादी रहित ड्रागन खेती बाट आम्दामी गर्न थालेका छन् ।  

केहि वर्ष अगाडी कम्युनिकेशन व्यवसाय संचालन गर्दै आएको र बिस्तारै व्यवसाय नचले पछि अब केही गर्न पर्छ भनेर कृषि खेति बाटै सेवा गर्ने भनेर कृषि व्यवसाय तर्फ लागेको बताए । 

अहिले ड्रागन खेतिमा सत प्रतिसत अगार्निक तरिकाले खेति गर्दै विषादि लगाएको फल  खाने उपभोत्ताको लागि स्वास्थ्यकर नहुने हुदा आफैले मल उत्पादन गरेर लगाएर अगार्निक खेति गर्दा उपभोत्ताले पनी अगार्निक फल पाउने  र आम्दानि पनि राम्रो हुने तर कृषी सम्बन्धी तालिम भए अझ धेरै उत्पादन गर्न सकिने भान्जा एकिकृत कृषि फर्मका संचालक हरि बहादुर कार्कीले गुनासो समेत गरे ।vlcsnap-2024-05-25-13h08m52s665

यस्तै, कृषि व्यवसाय कस्तो हुने र कसरी विषयमा हरेक बिदाको दिन हेर्न आउने गरेको ड्रागन खेति कसरी गरिन्छ भनेर बुभ्mन पाएको र भर्रखर भारतको कलकर्ताबाट समेत आफैले विभिन्न प्रजातिका बिरुवाहरु ल्याइदिएको जनाए । 

अब सेवा निर्वित्त भएपछि कृषि पेशा मै आवद्ध हुने  र यो फल नयाँ भएकाले यसलाइ खासै बजारीकरण गर्न नपर्ने कम्पनी रजिष्ट्रार कार्यलय इटहरीका प्रमुख  रजिष्ट्रार कृष्ण चाँपगाईले बताए ।vlcsnap-2024-05-25-13h08m29s288

तेस्तै कृषिबाट उत्पादा भएका फलहरुबाट आफुपनि स्वास्थ्य हुने र अरुलाइ पनि स्वास्थ बनाउने हिसाबले अगार्निक कृषि पेशामा आवद्ध भएकोे र साथै, बोट विरुवाहरुलाई । रासायनिक औषधि प्रयोग नगरिएको र अगार्निक तरिकाले निम, खोर्सानि, लसुन प्याजबाट किरा मार्ने र बेल, सुन्तलाको रस, गोलकुजबाट अगार्निक रसायन बनाएर बिरुवाको जरामा हाल्ने गरेर बिरुवा हुर्काउदै आउको कृषि फर्मका संचालक सरिता बस्नेत कार्कीले बताइन ।

दम्पतीले ड्रागन खेती संगै अन्य फलफुल ,तरकारी खेती संगै ड्रागनका विरुवा समेत उत्पादन गर्दै आएका छन् । vlcsnap-2024-05-25-13h05m25s858

उत्पादन गरेका फलफुलको संम्बन्धीत निकायले बजारिकरणका साथै किसानहरु लाई  तालिमको ब्यवस्था गरिदिनेहो भने रोजगारीका लागी युवाहरु विदेश जान बाट रोक्न सकिन्थियो ।